पूर्णभद्र निउरे
ताराखोला : ताराखोला समाज जापानको सहयोगमा ताराखोलामा एक कार्यक्रमका बीच बाढी पीडितलाई राहत रकम र स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
रोजगारीको शिलशिलामा जापानमा रहेका ताराखोलाबासीहरुद्वारा गठित ताराखोला समाज जापानको सहयोगमा ताराखोला समाज ताराखोलाको संयोजनमा बाढी पीडितका लागि ७ लाख रकम र हिल स्वास्थ्यचौकिका लागि ७ लाख बराबरकै स्वास्थ सामग्री प्रदान गरिएको हो ।
कार्यक्रममा ताराखोला गाउँपालिका भित्र विभिन्न समयमा बाढी पहिरोका कारण पीडित भएका ३५ परिवारमध्ये वडा नम्बर १ मा २,
वडा न २ मा ११, वडा न ३ मा १४ वडा न ४ मा २ र वडा न ५ मा ५ परिवारलाई न्युनतम ५ हजारदेखि अधिकतम १ लाख २० रुपैयाँ राहत र वडा न ३ मा रहेको हिल स्वास्थ्यचौकिका लागि ७ लाख बराबरकै भिडियो एक्स रे मेशिन र एनालाइजर मेशिन १÷१ थान प्रदान गरिएको ताराखोला समाज ताराखोलाका सचिव गणेश कार्कीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तिले वैदेशिक रोजगारीमा रहेर जन्मभुमिमा हुने हरेक खालका विपद र सामाजिक विकासमा सहकार्य गर्दै आइरहेको ताराखोला समाज जापानप्रति आभार प्रकट गरेका थिए ।
कार्यक्रम मा वडा न २ का वडा अध्यक्ष भद्र बहादुर घर्ति, ३ का अध्यक्ष डिल बहादुर बस्नेत, हिल स्वास्थ्य चौकिका प्रमुख प्रकाश शर्मा ताराखोला समाज ताराखोलाका सदस्य खडक कार्की लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम ताराखोला समाज ताराखोलाका अध्यक्ष गणेश चोखालको अध्यक्षता, सचिव गणेश कार्कीको सञ्चालन र सदस्य कुलबहादुर रोकाको स्वागतमा सम्पन्न भएको थियो ।