काँग्रेस महाधिवेसनले पश्चिम बागलुङमा रौनक, नेताहरु क्षेत्रीय प्रतिनिधि भेट्न व्यस्त

काँग्रेस महाधिवेसनले पश्चिम बागलुङमा रौनक, नेताहरु क्षेत्रीय प्रतिनिधि भेट्न व्यस्त

  • भाद्र २८, २०७८ सोमवार
  • १९:२१:०८ बजे
  • 3.7K
    SHARES
  • काँग्रेस महाधिवेसनले पश्चिम बागलुङमा रौनक, नेताहरु क्षेत्रीय प्रतिनिधि भेट्न व्यस्त

    बुर्तिबाङ : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको रौनक बागलुङमा व्यापक देखिएको छ । 

    वडा तहको महाधिवेशन सम्पन्न भइसकेको अवस्थामा गाउँ÷नगर, प्रदेश, क्षेत्र, जिल्ला र महाधिवेशन प्रतिनिधि चयनका निम्ति नेता कार्यकर्ता सक्रिय पूर्वक निर्वाचनमा जुटेका हुन । विभिन्न पदका निम्ति आफुलाई चयन गर्न भन्दै नेताहरु निर्वाचनमा होमिएका हुन । 

    पश्चिम बागलुङमा क्षेत्रीय सभापती दोर्ण कुमार कुवँर र महाधिवेशन प्रतिनिधि जित शेरचन जिल्ला सभापतिको दौडमा अगाडि बढेको देखिन्छ । उता महाधिवेशन प्रदेश, क्षेत्र र गाउँ÷नगरका आकाक्षी समेत उत्तिकै सक्रिय पूर्वक जुटेका हुन । 

    भाद्र २७ गते हुने भनिएको गाउँ÷ नगरको महाधिवेशन असोज ९ गते र अन्य तहको निर्वाचन समेत निर्धारित मितिबाट सारिए पनि निर्वाचनको रौनक उत्तिकै छ ।

    वडा तहको निर्वाचनमा नेतृत्व तहमा युवाहरुको सहभागिता देखिएको अवस्थामा माथिल्लो तहमा समेत युवाहरु उत्तिकै आकाँक्षी देखिएका छन् । निसीखोला गाउँपालिकामा सभापतिका निम्ति दुई जना आकाँक्षी देखिएका छन । वर्तमान गाउँपालिका पार्टी सभापती इन्द्र बहादुर मल्ल र सुर्य बहादुर बुढा आकाँक्षी देखिएका हुन ।

     पार्टीलाई एकढिक्का बनाएर लैजान सहमती प्रणालीबाट अगाडि बढ्ने निर्णय भएको एक सदस्यले बताए ।

    नेता टेकराज पौडेलले आफु महाधिवेशन प्रतिनिधि हुँदै अगाडि बढ्ने बताएका छन् । अहिले पनि महाधिवेशन प्रतिनिधि रहेका पौडेल केन्द्रिय सदस्यसम्मको आफनो दाबेदारी रहने बताउँछन् । 

     उता क्षेत्रीय सभापतीमा तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, जिल्ला सदस्य गण्डकी थापा अधिकारी, ढोरपाटन नगरपालिका ९ का सभापति गगन पुन गरी हालसम्म ३ जनाले क्षेत्रीय सभापतिमा आकाँक्षा व्यक्त गरेका छन् ।

     प्रदेश सभा क्षेत्र नं. २ ख तर्फ दिपेन्द्र श्रेष्ठले आफ्नो सभापतिको दाबेदारी रहेको भन्दै नेता प्रचार प्रसारमा उत्रिएका हुन ।

    अन्य नेताहरु समेत आफनो आकाँक्षालाई पुरा गर्न नेता कार्यक्रताको सक्रिय पूर्वक भेटघाट तथा प्रचार प्रसार सुरु हुन थालेको हो । 

     

  • सम्बन्धित विषय:

  • # पश्चिम बागलुङ
  • # कांग्रेस महाधिवेसन
  • # रौनक
  • # नेता
  • # क्षेत्रीय प्रतिनिधि

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार