काँग्रेसले दियो बुर्तिबाङका बाढी पीडितलाई राहत 

काँग्रेसले दियो बुर्तिबाङका बाढी पीडितलाई राहत 

  • आश्विन ७, २०७८ बिहिवार
  • २०:२३:०७ बजे
  • 4.4K
    SHARES
  • काँग्रेसले दियो बुर्तिबाङका बाढी पीडितलाई राहत 

    बुर्तिबाङ : नेपाली काँग्रेसले ढोरपाटन नगरपालिका वडा नम्बर २ तारीखेतका बाढी पीडितलाई राहात दिएको छ । बुधबार राति बस्ती माथिदेखि भेलसहित आएको बाढीले दुई घर भत्एिका थिए । घर भत्किएपछि घरबासविहिन बनेका ४ परिवारलाई कांग्रेसले खाद्यान्न र नगद सहयोग गरेको हो । 

    बाढीले स्थानीय तमबहादुर महत र खिम बहादुर रसाईलीको घर पूर्ण रुपमा भत्किएको थियो । तमबहादुरको भरमा डेरा गरी बस्दै आएका मान बहादुर कुवँर, तिर्थ बहादुर छन्त्याल र सरिता विकको परिवार र खिम बहादुर रसाइलीको परिवारलाई नेपाली कांग्रे बागलुङ क्षेत्र नम्बर २ का सभापती दोर्णकुमार कुवँरको टोलीले चामल, नुन, तेज, दाल लगायतका सामग्री हस्तान्तरण गरेको हो । सहयोग कार्यक्रममा बोल्दै कुँवरले

    पीडितको घर निर्माणका लागि जिल्ला विपद व्यवस्थापन कार्यालय बागलुङ मार्फत सरकार समक्ष पहल गर्ने प्रतिबद्धता जनाए । त्यसैगरी नेता जित शेरचन, अर्जुन शेरचनले पनि ४ परिवारलाई पाँच हजार रुपैयाँका दरले राहात रकम हस्तान्त्रण गरेका छन् । नेपाल महिला संघ ढोरपाटन नगर समितिका उपाध्यक्ष धनसरी कँडेलले

    पनि पीडितलाई आर्थिक सहयोग गरेकी छिन् । ढोरपाटन नगरपालिकाले बुधबार पीडितलाई राहात उपलब्ध गराई सकेको छ । सहयोग कार्यक्रममा नेपाल महिला संघ केन्द्रीय सदस्य दिलमाया पौवी, तरुणदल जिल्ला कोषाध्यक्ष देवेन्द्र घर्ती, नेपाल रेडक्रस सोसाईटी जिल्ला सदस्य मेषलाल शर्मा,

    गायिका सित्तल सर्मा लगाएतको सहभागितामा वडा अध्यक्ष युवराज महतको रोहोवरमा राहात उपलब्ध गराईएको हो । कार्यक्रम नेपाली काँग्रेस ढोरपाटन–२ का सभापती जित बहादुर कुवँरको सञ्चालमा सम्पन्न भएको थियो । 


    छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार