अहिले पछिल्लो समयमा बजारमा नयाँ गीत आउने क्रम जारी नै छ । यसै मध्य कति गीतहरु चलेका पनि छन् भने कतिले लगानी समेत उठाएका पनि छैनन् । तर बजारमा गीतहरु भने आईरहेका छन् ।
भर्खर मात्र शान्ती श्री परियार र सुदिप निहुरेको आवाजमा रहेको गीत फक्रेको फूल सार्वजनिक भएको छ।यस गीतका गीतकार राम कडेंल हुन् भने सँगीतकार प्रेम सापकोटा (सोनु) रहेका छन् । यस गीतलाई सँगीत संयोजन भने कृष्ण के.सी ले गरेका छन् ।
यस गीतमा अभिनय तर्फ भने टिकटकबाट धेरैको मन जित्न सफल स्टारहरु प्रकाश चन्द,स्मारिका ढकाल,सामारिका ढकाल र रविन्द्र थापा रहेका छन्।यस गीतलाई निर्देशन राज के.सीले गरेका छन् भने कोरियोग्राफ मा केशव भट्टराई रहेका छन्।
यस गीतका निर्माता राम कडेलले बताउदै भने यो गीत तयार पारेर बजारमा ल्याउन हामीलाई करिव ३ वर्ष लाग्यो सायद हामी नयाँ भएर होला ।न काम गर्ने स्थानमा पहिला काम पाउन सकिन्छ न भनेको बेलामा काम गर्न सकिन्छ ।नयाँ नयाँमा काम गर्न निकै गार्हो हुँदो रहेछ ।तर रिलिज गरियो ढुक्क भाको छ ।बाँकि मन पराउने र नपराउने दर्शक महानुभावहरुको हातमा जिम्मा दिएका छौँ ।