बुर्तिबाङ : रोटरी क्लव अफ बुर्तिबाङ–ढोरपाटनले रोटरी नेपाल साक्षरता अभियान अन्र्तगत उत्तरगंगा मावि बुर्तिबाङलाई २८० थान पुस्तकहरु चार बेदको एक सेट हस्तान्त्रण गरेको छ । रोटरी क्लब अफ बुर्तिबाङ ढोरपाटन वर्ष २०२१– २०२२ का अध्यक्ष तुल्सीराम अर्यालको अध्यक्षतामा आयोजित
कार्यक्रमका अवसरमा विद्यालयको पुस्ताकालयलाई थप व्यवस्थित गराउन र नयाँ नयाँ पुस्तकहरुबाट विद्यार्थीलाई थप ज्ञान हासिल गराउने उदेश्य स्वरुप उक्त मात्रामा पुस्तक हस्तान्त्रण गरिएको हो । रोटरी क्लव पोखरा विस्टेल र कर्मफलाईट्स फाउन्डेशनको सहकार्यमा पोखराका शिक्षासेवी हेरम्व प्रसाद कोइलाको
आर्थिक सहयोगमा पुस्तक खरिद गरी विद्यालयलाई सहयोग गरीएको कर्मफलाईट्स फाउन्डेशन पोखराका प्रमुख प्रेम बहादुर कुवँरले बताए । ढोरपाटन नगरपालिका १ का अध्यक्ष चित्र बहादुर भण्डारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बुर्तिबाङ रोटरी क्लबका पदादिकारी, शिक्षक
लगाएतको उपस्थितीमा विद्यालयका प्रअ इश्वरी प्रसाद पौडेललाई पुस्तक हस्तान्त्रण गरीएको हो । आयोजित कार्यक्रमलाई सम्वोधन गर्दे वडा अध्यक्ष चित्र बहादुर भण्डारीले रोटरी क्लब अफ बुर्तिबाङ –ढोरपाटनले सामाजिक क्षेत्रमा महत्वपूर्ण सहयोग पुर्याएको बताउँदै उत्तरगंगा मावि र जनजिवराज
मावि निसीखोलामा विद्यालयको ४ कोठे पक्कि भवन बनाउँदै गरेको बताउँदै स्वास्थ शिक्षा क्षेत्रमा महत्वपूर्ण लगानी रहेको बताउँदै सहयोगी दातालाई धन्यबाद ज्ञापन गरे । कार्यक्रममा सभापती तुल्सीराम अर्यालले बोल्दै एजुरवेद को वाचन सहित विद्यालयमा शान्ती आवस्यक रहेको बताउँदै शान्ती क्षेत्रलाई थप नयाँ पुस्तक
सहित विद्यार्थीलाई विभिन्न ज्ञान हासिल गर्नका निम्ती पुस्तकालयले सहयोग पुर्याउने बताए। साे अवसरमा कर्मफलाईट्स फाउन्डेशनद्धारा उत्तर गंगा माविमा अध्ययनरत जेहेन्दार, उच्च शिक्षा अध्ययन गर्ने ५ जना विद्यार्थीका लागी प्रति विद्यार्थी वार्षिक रु १० हजार रुपैयाँ बराबरको छात्रवृत्ति समेत हस्तन्त्रण गरीएको थियो ।