ईश्वर सुवेदी
गलकोट : नेपाली काँग्रेस गलकोट नगर समितिको पदस्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेसको १४ औँ महाअधिवेशन अन्तर्गत गत असोज ९ गते भएको नेपाली कांग्रेस गलकोट नगरपालिकाको प्रथम नगरअधिवेशनवाट निर्वाचित नगर कार्यसमितीको मंगलबार एक कार्यक्रमकाबीच पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सल्लाहकार एवम् गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले निवर्तमान कार्यसमितिलाई धन्यवाद व्यक्त गर्दै नव निर्वाचित हुने सम्पुर्णलाई हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
गैरेले कुनैपनि व्यक्ति नेतृत्वमा आउदा उसको पछाडि सम्पुर्ण पार्टी पङ्ती रहने भन्दै सम्पुर्ण तह र तप्कामा रहेका वडा देखि केन्द्र सम्मकै नेतृत्व पार्टी र संगठन विस्तार गरी पार्टिलाई निती संवत् सम्पुर्ण आम कार्यकर्ताको भावना र चाहनाको कदर गर्दै पार्टिलाई अगाडि वढाउनुपर्ने बताए ।
उनले यस नवनिर्वाचित गलकोट नगरपालिकाको नेतृत्वले आगामि दिनमा गलकोटको संगठनलाई अझ सशक्त र लोकप्रिय बनाउँदै सम्पुर्ण गलकोटको नेतृत्व नेपाली कांग्रेसले नै लिने वातावरण सिर्जना गर्ने बताए ।
कार्यक्रममा गलकोट नगरपालिकाका नगरउपप्रमुख रेनुका काउचा, नेपाली कांग्रेस महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, महाधिवेशन प्रतिनिधीहरु जित शेरचन, मञ्जु शर्मा चालिसे, हरिहर शर्मा, याम श्रीस, प्रदेश सभा सदस्य पदका प्रत्यासि उम्मेदवार मञ्जेश बम मल्ल, जिल्ला सदस्यहरु सुरेन्द्र बम मल्ल, मुकुन्द भण्डारी, नेपाल भुतपुर्व सैनिक संघका जिल्ला सभापति हरिबहादुर भण्डारी, क्षेत्रीय सचिव तिलक घर्ती मगर, पुर्व महाधिवेशन प्रतिनीधि डण्डपाणि कडेँल, नेपाल शिक्षक संघका जिल्ला सचिव हेमराज गैरे, पुर्व क्षेत्रीय सभापति घनश्याम गौतम, क्षेत्रीय सदस्य शंकर पुन, गलकोट नगरपालिका वडा नम्वर १ का सभापति हिम वहादुर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको अवसरमा गलकोट नगरपालिकावाट प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरको भलिवल खेलमा सहभागि भएका गलकोटका खेलाडिहरुलाई नेपाली कांग्रेस गलकोट नगरकार्यसमितिद्वारा सम्मान पत्र र नगदद्वारा सम्मान गरिएको थियो ।
त्यस्तै निवर्तमान सभापति नारायणध्वज मल्लले वर्तमान सभापति विरजंग भण्डारीलाई पदभार हस्तान्तरण समेत गरे ।
कार्यक्रम नेपाली कांग्रेस गलकोट नगरपालिकाका निवर्तमान सभापति नारायणध्वज मल्लको अध्यक्षता, नगर सदस्य कल्पना गौतमको स्वागत तथा उपसभापति यज्ञ प्रसाद सापकोटाको सञ्चालनमा भएको कार्यक्रम वर्तमान सभापति विरजंग भण्डारीले आफ्ना प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै समापन गरेका थिए ।
कार्यक्रमको अवसरमा नगरकार्यसमितिलाई सर्वसम्मत वनाउनको लागि सहयोग गर्ने अग्रज नेताहरुलाई सम्मान गरिएको थियो ।