बुर्तिबाङ : राष्ट्रिय जनमोर्चाले बागलुङ जिल्लाका विभिन्न स्थानमा एमसीसीका विरुद्धमा विरोध कोणसभा सम्पन्न गरेको छ ।
जिल्लाका विभिन्न स्थानमा कार्यक्रम भइरहँदा ढोरपाटन नगरपालिकामा राजमो जिल्ला सल्लाहकार गौरीश्वर पाण्डेले कार्यक्रमा बोल्दै देशमा बेतिथी विसँगती चरम उत्कर्षमा पुगेको बताउँदै राष्ट्रिय स्वाधिनता बेच्ने खेलमा देशका ठूला दल लागिपरेको आरोप लगाए । नेपालमा एमसीसीको विषयमा चर्का विरोध हुँदा हुँदै पनि सत्तासिन दलहरु एमसीसीका विषयमा मौन हुनु, भारतले राष्ट्रिय स्वाधिनतामा आँच आउने गरी गरेका कृयाकलापप्रति सरकार मौन बस्नु जस्ता विषयले गर्दा नेपालमा काँग्रेस, एमाले र माओवादी आफनो स्वाधिनता बेचेर बाह्य शक्तिको आडमा उभिरहेको बताए ।
पाण्डेले सँघियता आवस्यक छैन भनेर जनमोर्चाले भन्दै गर्दा जबरजस्त संघियता ल्याउनेहरु अहिले त्यसलाई थेग्न नसकेर
उकुसमुकुस भएको भन्दै राजनीतिक अध्ययन बिना जनताको सेवा गर्छु भनेर आएका सेवकहरु अहिले शासक वनेर गरीब सर्वहारा जनताबाट फाइदा लिइरहेको आरोप लगाए । आफनो पार्टी सँधै जनताको हित र राष्ट्रिय स्वाधिनताका निम्ति अडिग रहने बताउँदै लोभ, लालच र प्रलोभनमा पारेर जनताको स्वार्थ लुट्ने पार्टीबाट सचेत रहन सबैलाई आह्वान गरे । अनेरास्ववियू छैठोँ ढोरपाटन नगर अध्यक्ष मिलन विकको मन्तव्य रहेको कार्यक्रम यूवराज महतले सञ्चालन गरेका थिए ।
राजमोद्वारा ढोरपाटन नगरपालिका ३ सामा, निसीखोला गाउँपालिका ४ झिवाँखोला लगायत विभिन्न स्थानमा कोण सभा सहित विरोधका कार्यक्रम गरिएको जनाएको छ ।