जिल्लामा चल्ने सवारी साधनको भाडादर कायम गरिने 

जिल्लामा चल्ने सवारी साधनको भाडादर कायम गरिने 

  • आश्विन २०, २०७८ बुधवार
  • १८:०३:५७ बजे
  • 3.0K
    SHARES
  • जिल्लामा चल्ने सवारी साधनको भाडादर कायम गरिने 

    बागलुङ :जिल्लाको विभिन्न ग्रामीण भेग तथा जिल्ला भित्रिने तथा बाहिरिने सार्वजनिक सवारी साधनले मनोमानी भाडा लिने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले भाडादर कायम गरी लागु गर्ने निर्णय गरेको छ ।

    सोमबार जिल्लाका सरोकारवाला निकाय तथा व्यवसायीको बैठकले न्यूनतम भाडादर कायम गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बागलुङले जानकारी दिएको छ ।  जिल्ला स्थित यातायात व्यवस्था कार्यालय, उपभोक्ता मञ्च, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा व्यवसायी सहित बसेको बैठकले बागलुङ बजारदेखि मालढुंगा, कुँडुले, पञ्चकोट, गलकोट र बुर्तिबाङ, पोखरा, पर्वतको कुश्मा, म्याग्दीको बेनी,सम्मका ट्याक्सीको नयाँ बढेको भाडादर अनुरुप नै न्यूनतम लिन पाउने गरी निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी सुर्यलाल विश्वकर्माले जानकारी दिएका छन् ।

    भन्छन् ‘ चाडपर्व नजिकिदै जाँदा जिल्ला भित्र चल्ने सवारीले मनोमानी गरेको गुनासो आउन थालेपछि हामीले बैठक बसेर कसरी सबैलाई समेट्न सकिन्छ भनेर छलफल गर्यौँ ।

    सबैलाई सहज हुुुने गरी निर्णय गरिने छ ।’ पछिल्लो समयमा चाडपर्वको बहाना बनाएर जिल्लाको ग्रामीण क्षेत्रमा चल्ने सवारी चालकले मनपरि भाडा लिने गरेको गुनासो समेत बढेको थियो । यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले पनि सक्रियता बढाएको छ । जिल्लाका विभिन्न नाकाहरुमा कडा चेकिङ र नियम पालना नगर्नेलाई कार्बाही गरिएको जिल्ला ट्राफिक कार्यालय बागलुङका कार्यालय प्रमुख बद्रिनाथ शर्माले जानकारी दिए ।

    सवारी साधनले तोकिएको भाडादर भन्दा बढी भाडा लिएमा तुरुन्त प्रहरीमा सम्पर्क गर्न समेत आग्रह गरे । 

     

  • सम्बन्धित विषय:

  • # सवारी साधन
  • # भाडादर

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार