बुर्तिबाङ : केन्द्रीय सरकारले बढाएको तलब भत्ता गाउँपालिकाले उपलब्ध नगराएको भन्दै निसीखोला गाउँपालिकाका शिक्षक आन्दोलित भएका छन् । अघिल्लो सरकारले आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि लागु हुने गरी थप गरेको तलब भत्ता गाउँपालिकाले उपलब्ध नगराएको भन्दै शिक्षकहरु आन्दोलित भएका हुन् ।
विद्यालयमा कार्यरत कार्यालय सहयोगी, लेखापाल र बालविकास सहजकर्ताको गत साउन महिनासम्म पाउँदै आएको सेवा सुविधालाई थप गरी पन्द्र हजार पु¥याउने सरकारको कार्यक्रम रहे पनि गाउँपालिकाले अन्याय गरेको भन्दै विभिन्न ६ बुँदे मागसहित शिक्षकहरु आन्दोलनमा उत्रन बाध्य भएको अखिल नेपाल शिक्षक संघ निसीखोला अध्यक्ष एवम प्रभा माध्यमिक विद्यालयका प्रअ नवराज आर्चायले बताए ।
शिक्षकहरुले सघंीय सरकारले बढाएको तलब गाउँपालिकाले साउन महिनादेखि लागु हुने गरी कार्यानयन गर्नुपर्ने, गाउँपालिका अनुदानका शिक्षकलाई श्रम ऐन अनुसार तलब भत्ता हुनुपर्ने, पोशाक भत्ता हुनुपर्ने, सम्पूर्ण विद्यालयमा बाल विकाश केन्द्रको व्यवस्था हुनुपर्ने, आन्तरिक सरुवा,
दरबन्दी घरपाएक हुने गरी व्यवस्था हुनुपर्ने लगायतका माग राखेका छन् । गाउँपालिका अन्र्तगत ४४ वटै सामुदायिक विद्यालयका शिक्षकहरुको उपस्थितीमा गाउँपालिका कार्यालयमा आयोजित ध्यानाकर्षण मुलक आन्दोलनमा एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष हुतराज भुसाल,
अखिल नेपाल शिक्षक सँघ निसीखोला अध्यक्ष एवम प्रभा माध्यमिक विद्यालयका प्रअ नवराज आर्चाय, विद्यालयका प्रअहरुको तर्फदेखि दिनु कुमारी रामजाली, कार्यालय सहयोगिको तर्फदेखि मानविर विक., विद्यालय लेखापाल कर्मचारीको तर्फदेखि प्रेम बहादुर थापा, वाल विकास केन्द्र सहजकर्ताको
तर्फदेखि स्यामकुमारी घर्तीले राज्यले शिक्षकहरुको पारिश्रमिक स्वरुप दिएको तलब भत्ता गाउँपालिकाले काट्न नहुने बताए । आफुहरुको माग सुनुवाई नभए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका थिए । निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, शिक्षा शाखा सम्योजक जयराम पुन,
वडा अध्यक्ष एवम सामाजिक विकास समिति संयोजक जुन विक्रम शाही, तथा शिक्षक प्रतिनिधी विचको वार्ताबाट तलब भत्ता पाउने गरी अगाडी बड्ने सहमती भएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बोल्दै संघीय सरकारले बालविकास सहजकर्ता, लेखापाल र कार्यालय सहयोगीको
तलव बृद्धि गर्ने भन्ने नीति सरकारले लिए पनि हालसम्म पालिकामा बजेट नपठाएको बताए । पालिकाले हाललाई खाईपाई आएको तलब भत्तामा २५ प्रतिशत बजेट थप गरी तलब खुवाउने र कार्यपालिकाको बैठक बसेर सरकारले भनेकै आधारमा तलब खुवाउने विषयमा छलफल भइरहेको बताइएको छ ।
शिक्षहरुको मागलाई सम्बोधन गर्नका निम्ती गाउँपालिका तयार रहेको भन्दै आगामी कात्तिक २ गते बैठक बसेर बाल विकास सहजकर्ता, लेखापाल र कार्यालय सहयोगीको तलब व्यवस्था गरिने पौडेलले बताए । गाउँपालिकाले ९६ जना शिक्षकलाई अनुदानको रुपमा तलब भत्ता खुवाउँदै आएको छ ।
बालविकास सहजकर्ता, लेखामा काम गर्ने कर्मचारी र कार्यालय सहयोगिको तलब न्युन हुँदा संघ सरकारले बृद्धि गर्ने घोषणा गरेपनी सरकारले पठाउनु पर्ने तलव भत्ता वापतको रकम नपठाउँदा आफुहरुलाई अफ्ठ्यारो परेको र ३३ जना दरबन्दीमा शिक्षक व्यवस्थापन गर्नु पर्नेमा त्यसको समेत समयमै व्यवस्थापन
नहुँदा आर्थिक भार परेको अध्यक्ष पौडेलले बताए । दुवै पक्षको छलफल पछि शिक्षकहरु आफुहरुको माग पुरा हुनेमा आशावादी रहेको नेपाल शिक्षक संघका अध्यक्ष मान बहादुर के.सीले बताए । त्यसैगरी नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल विद्यालय व्यवस्थापन समन्य समितिले समेत विभिन्न ७
बुँदे ज्ञापन पत्र गाउँपालिकामा बुझाएको छ । शिक्षक कर्मचारीको तलब भत्ता वृद्धिसँगै सरकारले उपलब्ध गराएको सेवा सुविधा उपलब्ध गराउनु पर्ने, विद्यालयमा रिक्त दरबन्दी पुरा गर्नु पर्ने लगाएतका माग सहितको ज्ञापनपत्र गाउँपालिका अध्यक्ष पौडेललाई हस्तान्त्रण गरेको छ ।