दोहोरी च्याम्पियनको फाईनलमा बागलुङका बालचन्द्र र म्याग्दीकी शोभा

दोहोरी च्याम्पियनको फाईनलमा बागलुङका बालचन्द्र र म्याग्दीकी शोभा

  • आश्विन ३१, २०७८ आइतवार
  • १९:१६:१२ बजे
  • 4.8K
    SHARES
  • दोहोरी च्याम्पियनको फाईनलमा बागलुङका बालचन्द्र र म्याग्दीकी शोभा

    बागलुङ : दोहोरी च्याम्पियनको सिजन १ को फाईनलमा बागलुङका बालचन्द्र बराल र म्याग्दीकी शोभा कार्कीको टिम पुगेको छ । नेपाल टेलिभिजनबाट प्रस्तुत हुने कार्यक्रम दोहोरी च्याम्पियनमा ३७ टिमलाई पछि पार्दै बागलुङका बराल र म्याग्दीको रघुगंगा गाउँपालिका-२ राखु भगवतीकी कार्कीको टिम फाईनलमा पुगेको हो ।

    दोहोरी च्याम्पियनमा विभिन्न ५ राउण्डको प्रतिस्पर्धामा उतकृष्ट प्रर्दशन गर्दै शोभा कार्की र सहकर्मी बागलुङका बालचन्द्र बराल दर्शकको भोटबाट फाईनलसम्मको यात्रा तय गरेका हुन् । दोहोरी च्याम्पियन बन्नका लागि बालचन्द्र र शोभाको टिमले दाङकी मिना बुढाथोकी र स्यांजाको प्रकाश पराजुलीसंग आगामी कात्तिक १३ गते

    पोखरामा प्रतिस्पर्धा गर्ने छन् । दोहोरीको फाईनलसम्म पुर्‍याउन भोट गर्नुहुने म्याग्दी, बागलुङका स्वदेश तथा विदेशमा रहेका दाजुभाई तथा दिदिबहिनीलाई शोभा कार्कीले धन्यवाद दिएकी छन् । उनले दोहोरी च्याम्पियन बनाउन आगामी फाईनल राउण्डमा पनि यहाँहरुको भोट महत्वपूर्ण

    रहेको बताउदै भोट गर्न आग्रह गरेकी छिन् । सानै उमेरदेखि म्याग्दीको मेलापर्व लगायत देशका विभिन्न ठाउँमा दोहोरी प्रतियोगितामा उतकृष्ट प्रर्दशन गर्दै दोहोरी विधातर्फ चर्चामा रहेकी कार्कीलाई दोहोरीमा च्याम्पियनमा सफल बनाउन भोट आवश्यक रहेको छ।

    सम्बन्धित समाचार