बिरामी पत्नी सीतालाई भेट्न प्रचण्ड अस्पताल पुगे

बिरामी पत्नी सीतालाई भेट्न प्रचण्ड अस्पताल पुगे

  • पौष १५, २०७७ बुधवार
  • १८:३७:३५ बजे
  • 4.4K
    SHARES
  • बिरामी पत्नी सीतालाई भेट्न प्रचण्ड अस्पताल पुगे

    काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आफ्नी बिरामी पत्नी सिता दहाललाई भेट्न भैंसेपाटीस्थित मेडसिटी अस्पताल पुगेका छन् ।

    आकस्मिक रुपमा बिरामी परेपछि मेडीसिटी अस्पताल भर्ना भएकी सीता दाहाललाई भेट्न प्रचण्ड अस्पताल पुगेका हुन् । बुधबार स्वास्थ्यमा थप समस्या भएपछि उपचारका लागि आमालाई अस्पताल लगिएको  उनकी छोरी गंगाले जानकारी दिइन् ।

    लामो समयदेखि प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) रोगको उपचार गराइरहेकी उनलाई चिकित्सकहरुले आकस्मिक कक्षमा राखेर उपचार गराइरहेका छन् ।

    अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था खतरामुक्त छ । यसअघि उनको सिंगापुरको अमेरिकाको जोन हकिङ्स् अस्पतालमा समेत उपचार भइसकेको छ ।

    सम्बन्धित समाचार