छोरीले प्रेमीसँग विवाह गरेपछि बावुले आफ्नै परिवारका ७ जनालाई ज्युँदै जलाए

छोरीले प्रेमीसँग विवाह गरेपछि बावुले आफ्नै परिवारका ७ जनालाई ज्युँदै जलाए

  • कार्तिक ५, २०७८ शुक्रवार
  • ०६:५०:५९ बजे
  • 5.5K
    SHARES
  • छोरीले प्रेमीसँग विवाह गरेपछि बावुले आफ्नै परिवारका ७ जनालाई ज्युँदै जलाए

    एजेन्सी : छोरीले आफूखुसी विवाह गरेको भन्दै पाकिस्तानमा एक पुरुषले आफ्नै परिवारका सात जनालाई ज्युँदै जलाएका छन् । छोरीले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको र आफ्नो आत्मसम्मान गुमेको भन्दै पाकिस्तानका मन्जुर हुसेनले परिवारका सात सदस्यलाई ज्युदै जलाएका हुन् ।

    इन्डिसेन्डेन्ट रिपोर्टका अनुसार उक्त घटना पाकिस्तानको पन्जाव प्रान्तस्थित मुजाफरगढ जिल्लाको हो । हुसेनले आफ्ना दुई छोरी र पाँचवटा नातिनातिनीलाई ज्युँदै जलाएका हुन् । हुसेनले छोरी फौजिया बिबिले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको भन्दै उनी श्रीमान र नाबालक छोरासहित माइतीमा बसेको बेला आगो लगाएर हत्या गरेका हुन् ।

    सो घटनाबाट फौजिया बिबिका पति मेहबुब अहमद मात्र बाँच्न सफल भएको र घटनापछि उनले प्रहरीलाई खबर गरेको बताइएको छ । अहमदको बयानको आधारमा प्रहरीले घटनामा संलग्न भएको भन्दै ससुरा मन्जुर हुसेन र सालो सविर हुसेनलाई पक्राउ गरेको छ ।

    प्रहरी अधिकृत अब्दुल मजिदले रोयटर्सलाई बताएअनुसार मृतक फौजिया र अहमदले सन् २०२० मा प्रेम विवाह गरेका थिए । उनीहरुको प्रेम विवाहका कारण दुई परिवारबीच टकराव पैदा सुरु भएको थियो । फौजियाका पिता मन्जुर हुसेन छोरीको वैवाहिक सम्बन्धविरुद्ध थिए ।

    सोहि कारण उनले परिवारका सातै सदस्यलाई ज्युँदै जलाएको प्रहरीको निष्कर्श छ। पाकिस्तानमा हरेक वर्ष करिब १ हजारभन्दा बढी यस्तै प्रकृतिका घटना हुने गरेको मानवअधिकारको एक रिपोर्टले देखाएको छ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार