शव फेला

ढोरपाटनमा बेवारिसे शिशुको शव फेला

ढोरपाटनमा बेवारिसे शिशुको शव फेला

  • कार्तिक ५, २०७८ शुक्रवार
  • १६:३२:०५ बजे
  • 3.5K
    SHARES
  • ढोरपाटनमा बेवारिसे शिशुको शव फेला
    फाइल तस्बिर

    बागलुङ : बागलुङको पश्चिम ढोरपाटनमा एक शिशुको शव फेला परेको छ । ढोरपाटन नगरपालिका वडा नम्बर ८ नौघर टोलमा एक शिशुको शव फेला परेको हो । लिंग पहिचान नभएको नवजात शिशुको शव बेवारीसे अवस्थामा फेला परेको हो । खोला किनारमा शिशुको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    खबर पाए लगत्तै घटना स्थल पुगेको प्रहरीले शवलाई लिएर प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा राखेको ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए ।  शिशुको शव कसले किन बेवारिसे अवस्थामा छोडेको भन्ने केही पत्तो अहिलेसम्म नलागेको प्रहरीले जनाएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरि रहेको जनाएको छ । पछिल्लो समय यस्ता घटनाहरु बागलुङमा बढ्दै गइरहेको छ ।

    यो पनि पढ्नुहोस्
    ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई ६ दलले दिए यस्तो चेतावनी
    बुर्तिबाङ स् ढोरपाटन नगरपालिकामा रहेका ६ वटा राजनीतिक दलले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरि ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले विधि विधान विपरीत मनोमानी रुपले क्रियाकलाप गरेको भन्दै यस्ता गलत क्रियाकलाप रोक्न भन्दै चतावनी दिएका छन् । नगर प्रमुख नेपालीले यस्ता गलत क्रियाकलाप तत्काल नसच्याय थप आन्दोलनका कार्यक्रम अगाडी ल्याउने भन्दै

    आन्दोलनबाट हुने क्षतिको जिम्मेवारी नगर प्रमुख नेपालीले लिनुपर्ने बताएका छन् । उनीहरुले ढोरपाटन नगरपालिका देशकै भ्रष्ट पालिका रहेको भन्दै नगर प्रमुखले आफूखुसी गरेको आरोप लगाएका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा,नेकपा क्रान्तीकारी र जनता समाजवादी पार्टीका प्रमुख तथा प्रतिनिधिले हस्ताक्षर गरेको विज्ञप्तीमा नगरपालिकाले गरेका गलत क्रियाकलालाई तथ्यगत रुपमा चाँडै जनता माझ ल्याउने जनाएका छन् ।

    नगर प्रमुखले मनोमानी रुपले काम गरेको, जनताले तिरेको कर र नगरपालिकामा आएको बजेट सहि तवरले प्रयोग नगरेको, वडालाई २५ लाख बजेट विनीयोजन गरेर आफ्नो नाम कमाउने उद्देश्य सहित मनोमानी तवरले क्लवको मेलालाई ठुलो परिमाणमा वजेट विनियोजन गर्ने गरेको, जनतालाई अनावश्यक प्रलोभन देखाएर पार्टी प्रवेशको नाटक गर्ने र निहित स्वार्थका निम्ती नगरको स्रोत साधनको दुरुपयोग गर्ने गरेको विज्ञप्तीमा उल्लेख छ । नगरपालिकामा निर्वाचित भइसकेपछी हालसम्म शिक्षा, स्वास्थ्य,

    कर्मचारी नियुक्ति, सरुवा, जग्गा व्यवस्थापन, सडक एवम भौतिक निर्माण सामग्री खरिद, कोरोना व्यवस्थापन तथा नियन्त्रण बाढी पीडितलाई दिने राहात वितरण, जस्तापाता, पाईप, खरिद तथा वितरण लगायत विभिन्न शिर्षकहरुमा चरम अनियमितता र बेरुजु रहेको र छिट्टै तथ्यगत वास्तविकता जनतामाझ ल्याउने ६ दलले जनाएका छन् ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार