खेमराज अर्याल, बुर्तिबाङ बडिगाड गाउँपालिका वडा नम्बर ९ बल्घासका एक युवा मंगलबार रातिदेखि वेपत्ता भएका छन् । बुर्तिबाङमा पुर्णिमा मेला हेरेर फकर्ने क्रममा बल्घासका २८ वर्षीय शंकर परियार मंगलरबा राति १० बजेदेखि वेपत्ता भएको इलाका प्रहरी कार्यलय बुर्तिबाङका
प्रमुख जयराम वन्तले जानकारी दिए । साथीहरुसंगै राति अबेरसम्म मेला हेरेर घर हिँडेका उनी ढोरपाटन नगरपालिकाको सिमलचौरबाट वेपत्ता भएको प्रहरीले जनाएको छ । बुर्तिबाङबाट सिमलचौर हुँदै पैदलमार्गबाट घर जाँदै गर्दा सिमलचौर नजिकैको भिरबाट उनी वेपत्ता भएको परियारका आफन्तले बताएका छन् ।
बुधबार इलाका प्रहरी कार्यालय बुर्तिबाङ र परियारका आफन्तले दिनभर खोजी गर्दा पनि फेला पार्न नसकिएको प्रहरी नायव उपरीक्षक बन्तले बताए । परियार भिरबाट लडेको आशंका गरिएको ठाउँ निकै अप्ठ्यारो झाडी रहेको छ ।