बुर्तिबाङमा जारी कोजाग्रत पूर्णिमा मेला भोली सकिने

बुर्तिबाङमा जारी कोजाग्रत पूर्णिमा मेला भोली सकिने

  • कार्तिक १०, २०७८ बुधवार
  • १९:५४:०१ बजे
  • 4.1K
    SHARES
  • बुर्तिबाङमा जारी कोजाग्रत पूर्णिमा मेला भोली सकिने

    बुर्तिबाङ : बुर्तिबाङ राइजिङ युवा क्लबले आयोजना गरेको कोजाग्रत पूर्णिमा मेला तथा दोश्रो मेयर रनिङ गोल्डकप प्रतियोगितामा पुरुष भलिवल तर्फ गलकोट नगरपालिका विजयी भएको छ भने आयोजक द्वितीय भएको छ ।

    महिला भलिवल तर्फ तमानखोला गाउँपालिका समुह ए प्रथम र समुह बी द्वितीय भएका छन् । गत कात्तिक ३ गते कोजाग्रत पूर्णिमाका दिनदेखि सुरु भएको विविध खेलकुद एवम साँस्कृतिक कार्यक्रम मध्ये दोहोरीगीत प्रतियोगिता बिहिबार सकिने आयोजकले जनाएको छ ।

    मेलाका अवसरमा पुरुष महिला भलिबल, छेलो, स्लो बाईक रेश, राष्ट्रिय कलाकारको साँगितीक प्रस्तुतीसँगै विविध कार्यक्रम सम्पन्न भएका छन् । कार्यक्रम ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीले उद्धघाटन गरेका थिए ।


    छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार