बुर्तिबाङ : ग्रामीण स्वास्थ्य सुधार परियोजनाद्धारा पश्चिम बागलुङमा फरक क्षमता भएका व्यक्तिहरुका लागि ७ दिने बाँसको मुडा बुनाई तालिम सुरु गरेको छ । कात्तिक ९ देखि १५ गतेसम्म सञ्चालन हुने तालिममा पश्चिम बागलुङका चार वटा पालिकाका ११ जना फरक क्षमता भएका व्यक्तिले सहभागिता जनाएका हुन ।
सीप र क्षमताको अभावमा रोजगारबाट वञ्चित रहेका उनीहरुका निम्ती ७ दिने निशुल्क तालिम दिने र उनिहरुलाई व्यवसायिक बनाई जिवीकोपार्जनमा टेवा पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको विवाइसी बागलुङका लेखा तथा प्रशासन अधिकृत तारा शर्माले बताइन् । बिवाइसी बागलुङको व्यवस्थापन र फेयरमेड फाउन्डेशनको आर्थिक सहयोगमा ग्रामीण स्वास्थ्य सुधार परियोजना मार्फत दिइने तालिममा
ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका गरी ११ जना व्यक्तिले सहभागिता जनाएका छन् ।उनीहरुलाई निशुल्क तालिमसँगै तालिम अवधिभर खान बस्न र तालिम समापन पश्चात व्यवसायीक रुपमा अगाडी बढ्नका लागि आर्थिक सहयोग समेत गरीने शर्माले जानकारी दिइन् । फरक क्षमता भएका भवेन्द्र विश्वकर्माले मुडा बुनाई तालिमको सहजिकरण गरि रहेका छन् ।
बागलुङमा मोबाईल मर्मत तालिम सञ्चालन थालेको सँस्थाले फरक क्षमता भएका व्यक्तिहरुका निम्ती विभिन्न सीप विकास तालिम दिँदै आएको र क्षमताको आधारमा अन्य तालिम समेत क्रमश दिँइदै जाने छ ।