राजनीति

बुर्तिबाङमा आठ दल र एमालेको रमिता

बुर्तिबाङमा आठ दल र एमालेको रमिता

  • कार्तिक १६, २०७८ मंगलवार
  • १८:४०:१४ बजे
  • 8.6K
    SHARES
  • बुर्तिबाङमा आठ दल र एमालेको रमिता

    बुर्तिबाङ :  ढोरपाटन नगरपालिकामा आठ आन्दोलमा उत्रिएका छन् । सोमबार  नगर प्रमुख देवकुमार नेपालीले अनियमितता, भ्रष्टचार र मनोमानी गरेको र स्थानीय तह सञ्चालन ऐन विपरीत क्रियाकलाप गरेको ८ दलीय गठबन्धनले ३ पृष्ठ लामो ज्ञापन पत्र सहित आन्दोलन उत्रिएका हुन् । उनीहरुले नगरप्रमुख नेपालीलाई ज्ञापन पत्र बुझ्न आग्रह सहित नगरपालिकामा गएर ध्यानाकर्षण गराएका थिए । तर नगरप्रमुख नेपालीले आफुलाई प्रमाण बिनाका व्यक्तिगत पारिवारीक क्षेत्रसँग जोडेर झुठा आरोप लगाएर

    बदनाम गर्न खोजिएको भन्दै प्रमाण बिना हँचुवाको भरमा लेखिएको ज्ञापन पत्र नबुझने अडानसहित ज्ञापन पत्र बुझ्न मानेनन् । उनले ज्ञापन पत्रमा लेखिएका विषयमा कुनै प्रमाण भए आफुलाई जस्तो सुकै कारवाही गर्दा पनि हुने बताए ।   नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकिकृत, राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तीकारी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एमएनओ पार्टी गरी आठ दलले संयुक्त रुपमा नगरप्रमुखले गरेका गलत क्रियापकलापको भण्डाफोर गर्ने भन्दै ¥याली सहित कोण सभा समेत गरेका थिए ।

    उनीहरुले गलत क्रियाकलाप नसच्चाए सम्म नगरप्रमुखका विरुद्धमा आफुहरु निरन्तर आन्दोलन गर्ने चेतावनी समेत दिए । आन्दोलनमा हुने कुनै पनि जोखिमको जिम्मेवारी नगरप्रमुख स्वयंमले लिनुपर्ने बताए । उनीहरुले आफुहरु अब नगरप्रमुखका खराब प्रवृत्तिका विरुद्ध निरन्तर आन्दोलनका कार्यक्रम गर्ने र जनताका घरघरमा पुगेर गलत क्रियाकलापको बारेमा जानकारी गराउने बताएका छन् । ‘शान्तीपूर्ण रुपमा

    गलत क्रियाकलापलाई सच्चाएर अगाडी बढ्न आग्रह सहित ज्ञापन पत्र बुझायौँ तर मेयर नेपालीले त्यसको कुनै सुनुवाई नगरी ज्ञापन पत्र दर्ता समेत गर्न मानेनन्, अहंकारी प्रवृत्तिको अन्त्य गरेरै छोड्छौँ’ उनिहरुले भने । 
    ‘हामीले पटक–पटक ध्यानाकर्षण गराएका छौँ, तर गलत क्रियाकलाप सच्चिएको पाएनौँ, त्यसैले दलहरु एक ठाउँमा उभिएर गलत परिपाटीको अन्त्य गर्न उभिएका छौँ, नगरप्रमुख

    नसच्चिएसम्म हामी आन्दोलन गरि रहन्छौँ’ आन्दोलनमा सहभागीले भने । बुर्तिबाङ बजारमा आयोजित कोण सभामा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी जित शेरचन, अर्जुन शेरचन, नेकपा माओवादी केन्द्र ढोरपाटन नगर इन्चार्ज चन्द्र अर्याल, राजमो जिल्ला उपाध्यक्ष गौरीश्वर पाण्डे, नेकपा क्रान्तीकारी केन्द्रीय सदस्य निलबहादुर पुन, नेपाली काँग्रेस ढोरपाटन नगर सभापती धनबहादुर कायत लगाएतले बोल्दै आफुहरुको आन्दोलनलाई सामान्य

    रुपमा नलिन भन्दै विकृति र वेथितीका विरुद्ध आफुहरु कहिल्लै पछि नहट्ने बताए । आठ दलले विरोधका कार्यक्रम गर्दै गर्दा नेकपा एमालेले समेत नगरप्रमुख नेपालीलाई ८ दलले झुठो आरोप लगाउन खोजेको भन्दै त्यसको प्रतिपाद स्वरुप बजारमा  ¥याली सहित कोण सभा गरेको छ । एमालेले आफ्ना कार्यक्रता उतारेर बजारमा ¥याली सहित कोणसभा गर्दे मेयर नेपालीलाई झुठा आरोप

    लगाएर एमाले प्रति देखिएको जनलहरबाट अन्य दलहरु अत्तालिएको बताउँदै झुठा आरोप लगाएर बदनाम गर्न खोजे त्यसको प्रतिपादमा आफुहरु समेत नचुक्ने  चेतावनी दिएका छन् । आयोजित कोणसभालाई सम्वोधन गर्दे मेयर नेपालीले आफुलाई चानचुने नसोँच्न आग्रह गर्दे आफुहरुको विरुद्ध नकारात्मक भ्रम छर्ने दुस्साहस नगर्न विपक्षी दललाई चेतावनी दिए ।  


    छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार