४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको रैनादेवी गाउँपालिका वडा नम्बर २ सर्देवा डेरा गरी बस्ने सोही गाउँपालिका-२ कोकलधारा घर भएका १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई आफ्नै कोठामा सुतिरहेको अवस्थामा ती किशोरले करणी गरेको भन्ने खबर प्राप्त
हुनासाथ प्रहरी चौकी सर्देवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यस्तै पालुङ्टार नगरपालिका वडा नम्बर ८ की एक बालिकालाई आफ्नै बुबा र काकाले बारम्बार करणी गरी बिरामी बनाएको आरोप लागेको छ। ११ वर्षकी बालिकालाई ३७ वर्षका बुबा र काकाले करणी गरेको आरोप लागेको हो। पटक-पटक करणीको शिकार बनेपछि
पाठेघरको बिरामी बनेकी उनले गत असार २७ गते थापाथली अस्पतालमा उपचारको क्रममा फुपूसमक्ष सो रहस्य खोलेकी प्रहरीले जनाएको छ। श्रीमती परपुरुषसँग बिहे गरी गएपछि एक्लिएका बुबाले आफूलाई घरभित्रै बारम्बार कर णी गर्ने गरेको उपचारको क्रममा उनले फुपूलाई बताएकी थिइन्। साथै काकाले समेत गत कात्तिक महिनामा आफूलाई कर णी गरेको उनले फुपूलाई बताएकी थिइन्।
छोरीलाई यस्तो गरेको आरोपमा पीडितकी फुपूले आफ्ना दाजु र भाइ दुवैजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए। सोही जाहेरीको आधारमा प्रहरीले मेखराज र लीलाकान्तलाई गत शुक्रबार पक्राउ गरेको छ। उनीहरुविरुद्ध कर णीको शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी दाहालले जानकारी दिए।
मुलुकी अ पराध संहिता २०७४ को परिच्छेद १८ मा कर णी सम्बन्धि कसुरुको ब्याख्या गरिएको छ । दफा २१९ को उपदफा २ मा भनिएको छ कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करि णी गरेमा वा मञ्जुरी लिएर पनि अठार बर्षभन्दा कम उमेरको कुनै बालिकालाई कर णी गरेमा निजले त्यस्तो महिला वा बालबालिकालाई कर णी गरेको मानिनेछ ।
कसैले आफ्नो पति वा पत्नी बाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरी विना करणीका आशयले समातेमा वा निजको संवेदनशील अङ्ग छोएमा वा छुन प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजले लगाउने भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधा अवरोध गरेमा वा निजलाई अस्वाभाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन,
समाउन लगाएमा, निजसँग अश्लिल वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा साङ्केतिक रुपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लिल चित्र वा तस्वीर देखाएमा, यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा निजले यौन दुव्यवहा र गरेको मानिनेछ ।