नेपाली युवाले बनाए ‘ब्याक गियर’ भएको बाइक

नेपाली युवाले बनाए ‘ब्याक गियर’ भएको बाइक

  • कार्तिक २६, २०७८ शुक्रवार
  • १०:०८:२२ बजे
  • 6.0K
    SHARES
  • नेपाली युवाले बनाए ‘ब्याक गियर’ भएको बाइक

    अर्घाखाँची : नेपालका एक युवाले ब्याक गियर भएको बाइक निर्माण गरेका छन । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका – १ पाणिनी चोकमा बस्ने कक्षा १२ मा अध्ययनरत सागर पोख्रेलले ब्याक गियर सहितको इलेक्ट्रोनिक बाइक बनाएका हुन । बिदाको समयलाई सदुपयोग गरी उनले कुनै तालिमविना इलेक्ट्रोनिक बाइक बनाएको दाबी गरेका छन् ।

    उनले निर्माण गरेको बाइक अर्घाखाँचीको टुँडिखेलमा डेमो प्रदर्शन गरिएको छ । बुटबलमा सब–ओभरसियर विषय पढ्दै आएका सागरले निर्माण गरेको बाइकको एक औपचारिक कार्यक्रमको आयोजना गरी टुँडिखेलमा दौडाएका थिए । घर वरिपरि नै रहेका खेर जाने वस्तु तथा बजारबाट आवश्यक वस्तुको सङ्कलन गरी ब्याक गियर सहितको इलेक्ट्रोनिक बाइक बनाएको सागर पोख्रेलको भनाइ छ । कसैबाट सहयोग पाएमा व्यावसायिक रूपमा इलेक्ट्रोनिक मोटरसाइकल निर्माण गर्न सकिने उनी बताउँछन् ।

    उक्त कार्यक्रममा सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसाल, उपमेयर ठाकुरकुमार विक, जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख मणिराम पराजुली, सन्धिखर्क १ का वडाध्यक्ष युवराज बन्जाडे, १२ का वडाध्यक्ष नारायण खड्का लगायतको सहभागिता रहेको थियो ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार