प्रतिष्ठानले भन्याे-कर्णाली स्वास्थ्य विज्ञानमा एमबीबीएससहितका शैक्षिक कार्यक्रम संचालनमा बाधा छैन  

प्रतिष्ठानले भन्याे-कर्णाली स्वास्थ्य विज्ञानमा एमबीबीएससहितका शैक्षिक कार्यक्रम संचालनमा बाधा छैन  

  • कार्तिक २६, २०७८ शुक्रवार
  • २०:०८:३२ बजे
  • 2.3K
    SHARES
  • प्रतिष्ठानले भन्याे-कर्णाली स्वास्थ्य विज्ञानमा एमबीबीएससहितका शैक्षिक कार्यक्रम संचालनमा बाधा छैन  

    जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम संचालनमा कुनै बाधा नभएको जनाएको छ । शुक्रबार प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्लामा पत्रकारसंग भेटघाट कार्यक्रम बोल्दै नयाँ जिम्मा पाएका निमित्त उपकुलपति डाक्टर निरेश थापा र निमित्त रजिष्ट्रार द्वन्द्वबहादुर शाही, नर्सिङ डीन सरस्वति गौतम, जनस्वास्थ्य डीन मुनिराज क्षेत्री सहितका पदाधिकारी प्रतिष्ठानका कुनै पनि काम नरोकिएका र नरोकिने भन्दै प्रष्टिकरण गरेका छन् ।

    पत्रकार भेटघाटमा जारी गरिएको विज्ञप्तीमा प्रतिष्ठानको लक्ष्य र उद्देश्य अनुरुप संचालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रम रोकावट नभएको र नहुने उल्लेख छ । प्रेस विज्ञप्तीमा भनिएको छ ‘हाल उत्पन्न परिस्थतिमा विशेषगरी कर्णालीमा बहुप्रतिक्षित एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमहरु संचालनमा कुनै बाधा पर्ने हो कि भन्ने चिन्ता चासो र केही भ्रम भएका कारण भ्रम भएका कारण सो विषयमा प्रतिष्ठानको पूर्व निर्धारित कार्यक्रम सम्पूर्ण तयारी भईसकेको बताइएको छ । प्रेस विज्ञप्तीमा मंशिर १९ गतेबाट कक्षा संचालन गर्न पूर्ण तयारी भईसकेको र प्रतिष्ठानका सम्पूर्ण सेवाहरु संचालन भईरहेको जानकारी गरिएको छ ।

    पत्रकार भेटघाटमा निमित्त उपकुलपति डा. निरेश थापाले राजनीतिक अस्थिरताले ल्याएको तत्कालको समस्या सरकारले जिम्मा दिएपछि काम गर्नुपर्ने र प्रतिष्ठानको निति र नियम अनुसार जति दिन भएपनि काम गर्नुपर्ने वाध्यता आएको बताए । उनले कर्णाली प्रतिष्ठानका सबै सेवा र कार्यक्रम निरन्तर संचालन गर्नुपर्नेमा जोड दिए । उनले अहिलेको उत्पन्न परिस्थिति आफुहरुको बहशभन्दा बाहिरको बिषय भएकाले न्याय र राजनितिक स्तरमा हुने निर्णय स्विकानुपर्ने बाध्यता रहेकोमा जोड दिए । निमित्त उपकुलपति डाक्टर थापाले एमबीबीएसका २० सिट मध्य १५ जना भर्ना भईसकेका र ५ सिट प्रक्रियामा छन् । 

    २० एमबीबीएस सहित अन्य ९० वटा सिटमा ६० सिट भर्ना भईसकेको र मंशिर १९ गतेबाट अध्यापन हुने जानकारी दिए । निमित्त रजिष्ट्रार शाहीले सरकारको नोकरी खाएपछि आफुलाई आएको जिम्मेवारी पुरा गर्ने बताए । उनले प्रतिष्ठानको अस्थिरता हुन नदिने भन्दै जति दिन पदमा रहेपनि काम गर्नुपर्नेमा जोड दिऐ । प्रतिष्ठानका अन्य पदाधिकारीहरुले पनि प्रतिष्ठानका स्वास्थ्य सेवा र प्राज्ञिक कार्यक्रम सूचारु हुन कुनै बाधा नहुने बताएका छन् ।  नर्सिङ डीन सरस्वति गौतमले कुनै पनि कारणले प्रतिष्ठानका काम नरोकिनेमा बताए ।

    जनस्वास्थ्य डीन मुनिराज क्षेत्रीले कर्णाली प्रतिष्ठान कर्णालीको जीवन रेखा भएकाले यसका काम तथा सेवामा नियमित सुचारु भईरहेका र हुनेमा जोड दिए । अहिलेको परिस्थतिले भने प्रतिष्ठानका कार्यक्रममा प्रभावित हुने उपकुलपति डां मंगल रावलको दाबी छ । एक दिन अघि कामकाज रोक्न सरकारले निर्देशन गरेपछि प्रतिष्ठानका काममा वाधा पुग्छ कि भन्ने डरले ठूलो मात्रामा कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र वुझाएकै दिन उपकुलपति र रजिष्ट्रारको निमित्त जिम्मेवारी दिएको हो ।


    विजय रावत

    उहाँ बागलुङ पाेस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार