बागलुङ : बागलुङका गीतकार बिबि थापा क्षितीजले पहिलो गितबाटै अवार्ड प्राप्त गरेका छन् ।
थापाको गत वर्ष सार्वजनिक पहिलो गित जिन्दगीको लामो बाटोबाट उनले सहारा एप सगरमाथा म्यजिक अवार्डमा उत्कृष्ट नव गितकारको अवार्ड प्राप्त गरेका हुन् । २०६४ सालमा प्रकाशित थापाको गिती संग्रह झुलेनी काखबाटमा समावेश गितलाई उनले गतवर्ष मात्रै संगितवद्ध गरेर बजारमा ल्याएका थिए ।
२०५७/५८ सालबाट गित गजल तथा कथा कविता रचना गर्ने गरेका थापाको उक्त गितमा स्वरुपराज आचार्यले स्वर र राजकुमार बगरले संगित भरेका छन् ।
एभरेष्ट ग्यालरी मार्फत बजारमा सार्वजनिक गितमा सनम कथायत र रोश्नी कार्कीले अभिनय गरेका छन् भने अन्जान शर्माले निर्देशन गरेका छन् । गितकार थापा नारायणी माध्यमिक विद्यालय काठेखोला गाउँपालिका—४ तंग्रामको प्रधानाध्यापक पनि हुन् ।
उनले रचना गरेको अर्को गित तिमीले रचेको मायाको खेलाले पनि छिटै बजारमा आउँदैछ ।
उक्त गितमा अडियोको काम सकिएर भिडीयो निर्माणका काम चलिरहेको थापाले बताए । बीबी अनुरागीले संगित भरेको उक्त गितमा रचना रिमालको स्वर समावेश गरिएको छ ।
मोफसलमा बसेर गित रचना गर्दा पहिलो गितबाटै अवार्ड पाउँदा आफुलाई लेखनमा थप हौसला मिलेको उनले बताए ।