बुर्तिबाङमा तीन दिने निःशुल्क आँखा शिविर सुरु

बुर्तिबाङमा तीन दिने निःशुल्क आँखा शिविर सुरु

  • कार्तिक २९, २०७८ सोमवार
  • १९:३२:२८ बजे
  • 2.9K
    SHARES
  • बुर्तिबाङमा तीन दिने निःशुल्क आँखा शिविर सुरु

    बुर्तिबाङ : बुर्तिबाङमा सोमबारदेखि ३ दिने निःशुल्क आँखा शिविर सुरु भएको छ । ढोरपाटन नगरपालिका, तथा पोखरा व्यवसायिक महिला क्लवको आयोजना, हिमालय आँखा अस्पताल घारिपाटन पोखराको प्राविधिक सहयोगमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य चौकीमा निःशुल्क आँखा उपचार तथा

    मोतियाविन्दुको अप्रेशन शिविर सुरु भएको हो । शिविरमा २ सय ८५ जनाको आँखाको चेकजाँच गरिएको छ । पहिलो दिन चेकजाँच गरिएका मध्ये ३८ जनाको आँखाको अप्रेशन गर्नु पर्ने भएका कारण मंगलबार अप्रेशन गरिने आयोजकले बताएको छ । ६० वर्षमाथिका ८० प्रतिशत नागरिकले आँखा शिविरमा सहभागिता जनाएका छन् ।

    आँखामा सामान्य समस्या भएका तर अप्रेशन गर्न नपर्ने १ सय बढि नागरिकलाई निःशुल्क रुपमा चस्मा उपलब्ध गराइएको छ । निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, तमानखोला र बडिगाड गाउँपालिका सहित छिमेकी जिल्लाका नागरिकले समेत शिविरमा सहभागिता जनाएका छन । 

    शिविरकै अवसरमा निःशुल्क सुगर परिक्षण समेत गरिएको छ । चेकजाँच गरीएका मध्य अधिकाँसको अवस्था सामान्य रहेको बताईको छ । शिविर मँसिर १ गतेसम्म जारी रहने डा. निरज सुवेदीले बताए । 

    शिविरलाई लायन्स क्लव अफ ढोरपाटन, उद्योग वाणिज्य संघ बुर्तिबाङ र बुर्तिबाङ राईजिङ युवा क्लबले व्यवस्थापकीय भूमिका निर्वाह गरेका छन् ।

     


    छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार