श्रीमानले बन्चराे प्रहार गर्दा श्रीमती गम्भीर घाइते

श्रीमानले बन्चराे प्रहार गर्दा श्रीमती गम्भीर घाइते

  • कार्तिक ३०, २०७८ मंगलवार
  • ०८:०३:४६ बजे
  • 1.9K
    SHARES
  • श्रीमानले बन्चराे प्रहार गर्दा श्रीमती गम्भीर घाइते

    स्याङ्जामा एक युवकले आफ्नै श्रीमतीलाई बन्चराे प्रहार गरेर गम्भीर घाइते बनाएका छन् । अन्दाजी ३:०० बजेको समयमा स्याङ्जाकाे बिरुवा गाउँपालिका-७ सुरुङ बस्ने ४२ वर्षीय हुम बहादुर थापाले आफ्नै ४० वर्षीया श्रीमती  मिनामाया थापालाई बन्चरोले प्रहार गरेका हुन् ।

    बन्चराे प्रहारबाट उनकाे बायाँ कुम र ढाडमा चोट लागि घाइते भएपछि उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङ्जा पठाइएको प्रहरीले जनाएकाे छ । घाइतेकाे अवस्था गम्भीर रहेकाे र घटनास्थलमा प्रहरी टोली खटिइ घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ ।

    घरबाटै गाँजा बेच्ने गरेका ५८ वर्षीय खत्री पक्राउ
    पाेखरामा घरमा अवैध लागुऔषध गाँजा राखेर बिक्रिवितरण गरेकाे अभियाेगमा आइतबार साँझ एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे जनाएकाे छ । कास्कीकाे पोखरा ११ काहुँडाँडाका ५८ वर्षीय गोविन्द खत्री ३ के.जी. सुकेको अवैध लागुऔषध गाँजासहित आफ्नै घरबाट पक्राउ परेका हुन् ।

    पाेखरा काहुँडाँडास्थित खत्रीको घरमा अवैध लागुऔषध गाँजा संचय गरी बिक्रिवितरण र ओसारपसार समेत गर्ने गरेकाे भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजार पाेखराबाट प्रहरी टाेली खटिएकाे थियाे ।

    काहुँडाँडाकाे शिवालयचोकस्थित खत्रीको घर खानतलासी गर्दा ३ के.जी. सुकेको अवैध लागुऔषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिइ कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएकाे छ ।

     


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार