बुर्तिबाङ : नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ ख को सभापतिमा मेषलाल शर्मा निर्वाचित भएको छन् । प्रतिस्पर्धी खगेन्द्रमान पुनलाई ४९ मत अन्तरले पराजित गर्दै शर्मा विजयी बनेका हुन् । शर्माले १८६ मत प्राप्त गर्दा पुनले १३७ मत ल्याएका थिए । उपसभापतिमा इन्द्रबहादुर मल्ल र हिमाल विक विजयी भएका छन्
भने लक्ष्मी अदै पराजित भएकी छिन् । मल्ले २७१, विकले २२१ र अदैले १११ मत प्राप्त गरेकी छिन् । कांग्रेसले दुई उपसभापति हुने व्यवस्था गरेको छ । सचिवमा दुई जना यस अगाडी नै निर्विरोध चयन भएका थिए । हेमबहादुर बुढा र हेमराज जैसी निर्विरोध चयन भएका थिए । सह–सचिवमा ध्रुव शेरचन र सुरजकुमार अदै निर्वाचित भएका छन् भने रविन्द्र घर्ती मगर पराजित भएका छन् । शेरचनले १९६, अदैले २१६ र घर्ती मगरले १७८ मत ल्याएको
निर्वाचन अधिकृत ज्ञानेन्द्र पन्तले जानकारी दिए । प्रदेश महादिवेशन प्रतिनिधिका लागि महिलाको ३ पदमा ५ जना र पुरुषको ७ पदका लागि १२ जनाको उम्मेदवारी परेको छ । प्रदेश प्रतिनिधि खस आर्यबाट धनराम पुरी, आदीवासी जनजाती तर्फ पुनिकला घर्ती मगर, दलित महिला तर्फ इन्द्रकुमारी सिर्पाली निर्विरोध निर्वाचित
भएका छन् । आदीवासी जनजाती तर्फ १ पदका निम्ति केशव थापा र चन्द्रसिँह रामजालीको उमेदवारी परेको छ । दलित खुल्ला तर्फ हिक्मत जक्तपुरी र रेशम नेपालीको उमेदवारी परेको छ । अल्पसंख्यक तर्फ प्रेम कुमार छन्त्यालको उमेदवारी परेको छ । प्रदेश महाधिवेशन प्रतिनिधिकाे मत गणना भइरहेकाे बताइएकाे छ ।