कांग्रेसकाे १४ औँ महाधिवेशन

नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ख को सभापतिमा श्रीस विजयी (मत परिणामसहित)

नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ख को सभापतिमा श्रीस विजयी (मत परिणामसहित)

  • मंसिर ५, २०७८ आइतवार
  • ०७:५५:१३ बजे
  • 4.4K
    SHARES
  • नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ख को सभापतिमा श्रीस विजयी (मत परिणामसहित)

    बागलुङ : नेपाली कांग्रेसको बागलुङ क्षेत्र नम्बर १ प्रदेश (ख) को सभापतिमा दल बहादुर श्रीस राना विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा राना विजयी भएका हुन् । रानाले उनका प्रतिस्पर्धी धनबहादुर शाहीलाई १ सय ५० मतान्तरले पराजित गरेका हुन् । ४ सय ५६ मत खसेकोमा श्रीसले २ सय ९३ मत प्राप्त गरेका थिए भने शाहीले १ सय ४३ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

    यस क्षेत्रमा संस्थापन पक्ष र इतर पक्ष बीच निर्वाचन भएको थियो । श्रीस संस्थापन इतर पक्ष र शाही संस्थापन पक्षबाट चुनावमा सहभागी थिए । दुवै जना जैमिनी नगरपालिकाकै स्थानीय हुन् । श्रीस जैमिनी नगरपालका वडा नम्बर १० राङ्खानी र शाही वडा नम्बर ४  सर्कवाका हुन् । उपसभापतिमा टेकनारायण शर्मा र रुद्रहरी शर्मा निर्वाचित भएका छन् भने रामप्रसाद अधिकारी पराजित भएका छन् । टेकनारायण शर्माले ३३९, रुद्रहरी शर्माले २९३ र रामप्रसाद अधिकारीले १८६ मत प्राप्त गरेका थिए ।

    सचिवमा बालकृष्ण शर्मा र लक्ष्मीप्रसाद सापकोटा निर्वाचित भएका छन् भने कृष्ण शर्मा र टेकबहादुर राना पराजय भएका छन् । निर्वाचित शर्माले ३०८, सापकोटाले २७० र पराजित हुने कृष्ण शर्माले १९५ र टेक बहादुर रानाले ८० मत पाएका थिए । सहसचिवमा ओमबहादुर क्षेत्री र विशन शर्मामा निर्वाचित भएका छन् । प्रदेश महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ ईन्द्रराज पौडेल, ईश्वर ठाकुर पौडेल,

    कमलराज सापकोटा, प्रभाकर पौडेल, मोतीराम गौतम, लक्ष्मीकान्त शर्मा र सुमन भुषाल निर्वाचित भएका छन् । खुल्ला महिला तर्फ उषा पौडेल र कमलादेवि शर्मा निर्वाचित भएका छन् । खस/आर्य पुरुष तर्फ प्रेम सापकोटा र श्रीकृष्ण पौडेल, आदिवादी÷जनजाती लेख बहादुर थापा, आरक्षण जनजाति महिलाबाट माया थापा निर्वाचित भएकी छिन् । दलितबाट महाधिवेशन प्रतिनिधिमा केन्द्र बहादुर सुनार

    सर्वसम्मत निर्वाचित भएका छन् । अल्पसंख्यक, मुस्लिम तथा अपांग कोटाबाट निल प्रसाद शर्मा सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार