बुर्तिबाङ : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत सोमबार क्षेत्रीय अधिवेशन हुँदैछ । पश्चिम बागलुङमा पनि त्यसको तयारी पूरा भएको छ । आकांक्षी उम्मेदवारको प्रचारप्रसार तथा भेटघाट कार्यक्रम जारी रहेको हो । क्षेत्र नम्बर २ को बुर्तिबाङ बजारमा हुने भनिएको कार्यक्रमको आवश्यक तयारी भएको क्षेत्रीय सभापति दोर्णकुमार कुवँरले बताए । क्षेत्रीय सभापति पदका लागि यस क्षेत्रमा ३ जना आकांक्षी देखिएका छन् ।
निवर्तमान प्रदेश सभा (ख) का सभापति नरजंग घर्तीमगर, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगर र ढोरपाटन नगरपालिका ९ का पूर्व वडा सभापति गगन पुन मगर सभापति पदको आकांक्षी देखिएका छन् । सचिव पदका लागि गलकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हिमबहादुर भण्डारी र तमानखोलाका धर्म घर्तीको नाम चर्चामा रहेको छ । महाधिवेशन प्रतिनिधिका लागि आकांक्षीको संख्या बद्दो छ । पुराना महाधिवेशन प्रतिनिधि प्राय सबै दोहोरीने तयारीमा छन् ।
खुल्ला १० अन्य विभिन्न समावेशी गरी कुल २५ पदका लागि हालसम्म चार दर्जन हाराहारीमा महाधिवेशन आकांक्षीले आफ्नो उम्मेदवारी रहने बताएका छन् । हालसम्म गलकोटबाट तेजेन्द्र बहादुर पुन, भरत शर्मा गैरे, याम श्रीस, रामबहादुर खत्री, मञ्जु शर्मा चालिसे, कृष्ण गौतम, डिलाराम शर्मा (डिआर), शिवा खत्री, मञ्जेश बम मल्ल, कमला ढकाल, सुरेन्द्र बम मल्ल, उमेश गौतम, रामप्रसाद कँडेल,
यदुराम सापकोटा, ध्रुबराज गौतम, राधिका पुन, नरबहादुर पुन निरज, राम बहादुर विक, निर्मा श्रीस, रेनुका काउचा, भिमकली श्रीस लगायतको चर्चा रहेको छ । बडिगाडबाट यामेन्द्र घर्ती, सागर खरेल, गण्डकी थापा अधिकारी, तिल बहादुर अधिकारी, गीता श्रीस, कृष्ण केसी, रामप्रसाद आचार्य, सरस्वती रिजाल आर्चायले उम्मेदवारी दिने बताएका छन् । निसीखोलाबाट तुलासिँह घर्ती, टेकराज पौडेल,
राजकुमार सुनार, रामप्रसाद रोकाको नाम चर्चामा रहेको छ । ढोरपाटन नगरपालिकाबाट सीता कुमारी शर्मा (शितल), अर्जुन शेरचन, सोम पौवी (यामु) , नरबहादुर गुरूङ, दिलमाया पौवी, सागर छन्त्याल, जित शेरचन, लिलमाया पुन, दोर्ण कुमार कुवँर, सिँहबहादुर राना, दिपेन्द्र श्रेष्ठ, देवेन्द्र घर्ती, ऋषिराम कंडेलको नाम चर्चामा छ ।
तमानखोला गाउँपालिकाबाट भुमिराज सुन्चौरी, चुडामणी छन्त्याल, देवि प्रकाश भट्टचन र मानशरी शेरचनको नाम चर्चामा रहेको छ । ताराखोला गाउँपालिकाबाट डण्डपाणी कँडेलको नाम चर्चामा रहेको हो ।