बेहुली लिएर फर्केको बस दुर्घटना, ५ जनाको मृत्यु

बेहुली लिएर फर्केको बस दुर्घटना, ५ जनाको मृत्यु

  • मंसिर ६, २०७८ सोमवार
  • ०८:४८:११ बजे
  • 2.2K
    SHARES
  • बेहुली लिएर फर्केको बस दुर्घटना, ५ जनाको मृत्यु
    फाइल तस्बिर

    डोटी : बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।दशरथचन्द नगरपालिका वडा नम्बर २ थलालगाउँबाट बेहुली लिएर वडा नम्बर ६ को सेरातर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट

    सडक खण्ड अन्तर्गत कलुवाड मोडमा दुर्घटनामा परेको हो । आइतबार राति साढे आठ बजेतिर भएको जिप दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन् ।

    जिपमा ७ जना सवार रहेको जानकारी आएको प्रहरी निरीक्षक खड्काले बताए । जिप सडकबाट ५ सय मिटर तल खसेको बताइएको छ ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार