बुर्तिबाङ : नेकपा माओवदी केन्द्र ढोरपाटन नगरपालिका वडा नम्बर १ र २ मा वडा समिति गठन भएको छ । लाल बहादुर घर्ती मगरको अध्यक्षतामा २९ सदस्यीय वडा समिति गठन भएको हो । साथै वडा नम्बर १ बाट गोपल महत, लक्ष्मी बानिया र त्रिदेवी छन्त्याललाई नगर समितिमा चयन गरेको छ ।
वडा नम्बर २ मा जिवलाल कँडेलको अध्यक्षतामा २९ सदस्यीय वडा समिटि गठन भएको छ । वडा नम्बर २ बाट वीर बहादुर श्विवकर्मा, कर्ण बहादुर महत र विमला शार्कीलाई नगर समितिमा चयन गरिएको नेकपा माओवादी केन्द्र ढोरपाटन नगर इन्चार्ज चन्द्रलाल अर्यालले जानकारी दिए । मंगलकार ढोरपाटन
नगरपालिका वडा नम्बर ३ र ४ मा वडा समिति गठन गरिने इन्चार्ज अर्यालले जानकारी दिए । नगर समिटिको गठन भने शिक्षा तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा मंसिर ११ मा गरिने बताइएको छ ।