बुर्तिबाङ : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट बागलुङ क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतीमा जोकलाल बुढा निर्वाचित भएका छन् । बुधबार सम्पन्न मत गणना प्रतिस्पर्धी नरजंग घर्ती मगरलाई ९० मतान्तरले पछि पार्दै बुढा विजयी भएका हुन् । उनले ४१९ मत प्राप्त गरेका छन् भने घर्तीले ३२९ मत प्राप्त गरेको निर्वाचन
अधिकृत ज्ञानेन्द्र पन्तले जानकारी दिए । सचिव २ पदमा ४ जनाको उम्मेदवारी परेकोमा धर्मबहादुर घर्ती र नारायणध्वज मल्ल विजयी भएका छन् । घर्तीले ३८० मत र मल्लले ३८९ मत प्राप्त गरेका छन् । सचिव पदका उमेदवार भरत बहादुर के.सीको २७५ र हिमबहादुर भण्डारीको ३५३ मत खसेको थियो । सहसचिवमा ४२२ मतसहित दिपक कुवँर र ३२४ मतसहित निरन चन्द विजयी भएका छन् । प्रत्यक्ष खुल्ला सदस्यमा
ज्ञान बहादुर श्रीस, दीपेन्द्र कुवँर र राम बहादुर खड्का निर्वाचित भएका छन् । समानुपातीक खस आर्य तर्फ अनिता कुमारी जैसी ४०३ मत सहित विजयी भएकी छिन् । समानुपातीक आदीवासी जनजाती खुल्ला तर्फ ५६५ मतसहित भागि बहादुर घर्ती निर्वाचित भएका छन् । समानुपातीक दलित महिला तर्फ कमला विक ४७९ मतसहित विजयी भएकी छिन् ।दलीत खुल्ला तर्फ ठगबहादुर
विक ४८५ मतसहित जिवयी भएका छन् । अल्पसंख्यक, अपाङ्ग खुल्ला तर्फ युवक प्रसाद श्रेष्ठको ४०६ मतसहित विजय भएका छन् । प्रदेश (क) खुल्ला तर्फ कर्णबहादुर कार्की र विरेन्द्र श्रेष्ठ विजयी भएका छन् । प्रदेश (ख) खुल्ला तर्फ जीवन कुवँर र थमप्रकाश छन्त्याल विजयी भएका छन् ।