यी हुन् कांग्रेस पश्चिम बागलुङमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित

यी हुन् कांग्रेस पश्चिम बागलुङमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित

  • मंसिर ९, २०७८ बिहिवार
  • ०८:३२:४९ बजे
  • 3.6K
    SHARES
  • यी हुन् कांग्रेस पश्चिम बागलुङमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित

    बुर्तिबाङ : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट क्षेत्र नम्बर २ बागलुङमा महाधिवेशन प्रतिनिधिको टुङ्गो लगाइएको छ । निर्वाचन प्रक्रिया मार्फत १० खुल्ला सहित २५ सदस्य महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । कुल ५८ जनाले निर्वाचनमा भाग लिए पनि अधिकांश पुराना नेताले महाधिवेशन प्रतिनिधिमा जितेका छन् । 

    कुल ७८८ मत गणना हुँदा खुल्ला तर्फ जित शेरचन, दोर्ण कुमार कुवँर, अर्जुन शेरचन, सिंहबहादुर राना, नरबहादुर पुन निरज, भरत शर्मा गैरे, टेकराज पौडेल, तुलासिह घर्ती, सागर खरेल, मञ्जेश वम मल्ल निर्वाचित हुनुभएको हो । खुल्ला तर्फ २५ जनाको उम्मेदवारी परेको थियो । खुल्ला तर्फ ४ जना निर्वाचित हुनुपर्नेमा ८ जनाको उम्मेदवारी परेको थियो । जसमा रेणुका काउचा, गण्डकी थापा, मञ्जु शर्मा चालिसे र गीता श्रीस निर्वाचित भएका छन् ।

    खस आर्य महिला तर्फ सरस्वती रिजाल आर्चाय, खस आर्य खुल्ला तर्फ ऋषिराम कँडेल र तिलक अधिकारी निर्वाचित भएका छन् । आदीवासी जनजाती महिला तर्फ दुई पदमा लिलमाया पुन र राधिका पुन निर्वाचित भएका छन् । आदीवासी जनजाती खुल्ला तर्फ दिपेन्द्र श्रेष्ठ र देवेन्द्रकुमार घर्ती निर्वाचित भएका छन् भने दलती महिला तर्फ दिलमाया पौवी, दलित खुल्ला तर्फ भूमिराज सुन्चौरी र सोमबहादुर पौवी निर्वाचित भएका हुन् ।


    छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार