राजनीति

कांग्रेस बागलुङ सभापतिका लागि फेरि मतदान हुने

कांग्रेस बागलुङ सभापतिका लागि फेरि मतदान हुने

  • मंसिर १२, २०७८ आइतवार
  • ०७:४९:३० बजे
  • 3.3K
    SHARES
  • कांग्रेस बागलुङ सभापतिका लागि फेरि मतदान हुने

    बागलुङ : बागलुङ कांग्रेसको सभापतिमा पुनः निर्वाचन हुने भएको छ । तीन उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिका लागि फेरि मतदान हुने भएको हो । ७९० मत ल्याएका जगदीश चन्द्र उपाध्याय र ६८६ मत ल्याएका जीतबहादुर शेरचन बीच निर्वाचन हुने निर्वाचन

    अधिकृत विष्णु प्रसाद शर्माले जानकारी दिनुभयो । उपाध्याय र शेरचन बीच १०४ मतको फरक छ । बागलुङ बजारको ब्राउन आइज रेस्ट्रोमा शनिबार दिउसोदेखि मतदान सुरु भएको थियो भने साँझ अबेर मतदान सकिएको थियो । सभापतिका लागि अर्का उम्मेदवार दोर्णकुमार कुँवरले १८६ मत ल्याउनु भएको थियो । 

    कुल १७८० मतदाता रहेको बागलुङमा १६८८ मत खसेको थियो भने ४५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । नेपाली कांग्रेसको विधानले जिल्ला सभापति बन्न ५१ प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था गरेको छ । सोही अनुसार अझै निर्वाचन हुने शर्माले बताउनुभयो । अन्य पदाधिकारी र सदस्यको भने मत गणना भएको छैन ।

    सभापतिको पुनः मत गणनापछि मात्रै एकै साथ मत गणना गर्ने निर्वाचन अधिकृत शर्माको भनाई छ । पुनः निर्वाचनका लागि सूचना गरिएको भन्दै दुबै उम्मेदवारहरुसँग छलफल गरेर निर्वाचन प्रक्रिया अगाडी बढाइने उहाँले बताउनुभयो । आदर्शबाट


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार