उत्तरी गोरखाका खाद्य डिपो रित्तिदै, चामल ढुवानीको ठेक्का लागेन

उत्तरी गोरखाका खाद्य डिपो रित्तिदै, चामल ढुवानीको ठेक्का लागेन

  • मंसिर २२, २०७८ बुधवार
  • ०९:०५:५१ बजे
  • 1.7K
    SHARES
  • उत्तरी गोरखाका खाद्य डिपो रित्तिदै, चामल ढुवानीको ठेक्का लागेन

    गोरखा : उत्तरी गोरखाका खाद्य डिपो रित्तिन थालेका छन् तर चालु आर्थिक वर्षको ६ महिना बित्नै लाग्दा पनि सुहलियत दरको चामल ढुवानी हुन सकेको छैन । अघिल्ला वर्ष ठेक्का प्रक्रिया सकेर असोज पहिलो साताबाट ढुवानी सुरु भइसक्थ्यो । यो वर्ष ठेक्का प्रक्रिया नटुङ्गिदा अहिलेसम्म चामल ढुवानी भएको छैन ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखाका अनुसार ढुवानीका लागि अझै ठेक्का स्वीकृत भएको छैन । ‘हामीले दुई पटकसम्म ठेक्का खुलाइसक्यौं’ कार्यालय प्रमुख नवीन बस्नेतले भने, ‘ठेक्का हाल्नेहरूको दररेट धेरै भएकाले स्वीकृत हुन सकेन ।’ कार्यालयले पहिलो पटक गत असार २२ गते ठेक्का आह्वान गरेको थियो । ठेक्का स्वीकृत गर्दा गत वर्षको ढुवानी दररेटमा १० प्रतिशत बढाउन नमिल्ने प्रावधान रहेको छ ।

    आवेदकले गत वर्षको भन्दा ३० प्रतिशत बढाएर दररेट हाल्दा पहिलो ठेक्का स्वीकृत हुन नसकेको बस्नेतले बताए । गत वर्ष सिर्दिवास डिपोका लागि प्रतिकेजी १६ रुपैयाँ ९५ पैसामा चामल ढुवानी गर्ने गरी प्रगति निर्माण सेवासँग ठेक्का सम्झौता भएको थियो ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार