अर्नाकोट देउरालीमा सामुदायिक स्वास्थ्य इकाई र कम्प्युटर ल्यावको उद्धघाटन 

अर्नाकोट देउरालीमा सामुदायिक स्वास्थ्य इकाई र कम्प्युटर ल्यावको उद्धघाटन 

  • मंसिर २४, २०७८ शुक्रवार
  • ०८:११:०० बजे
  • 3.2K
    SHARES
  • अर्नाकोट देउरालीमा सामुदायिक स्वास्थ्य इकाई र कम्प्युटर ल्यावको उद्धघाटन 

    बुर्तिबाङ : निसीखोला गाउँपालिका वडा नम्बर २ अर्नाकोटमा अर्नाकोट सामुदायिक स्वास्थ्य इकाईको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । गाउँपालिका केन्द्र तथा बुर्तिबाङदेखि भौगोलिक रुपमा दुर्गममा रहेको अर्नाकोट देउरालीका नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँचमा पुर्याउने उद्देश्यले स्वास्थ्य इकाइ संचालनमा ल्याइएको हो । निसीखोला गाउँपालिका, कर्मफलाइट्स फाउन्डेशन

    र फेयरमेड फाउन्डेशनको सक्रियतामा सञ्चानलनमा ल्याइएको स्वास्थ्य इकाईको  निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले उद्घाट गरेका हुन् ।  सो कार्यक्रममा बोल्दै जनताको आधारभुत आवश्यकता पुरा गर्न पालका लागेको बताए। गाउँपालिकाले दूर दराजका जनताले समेत सहज स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने उद्देश्य सहित अर्नाकोटमा स्वास्थ्य इकाई सञ्चालनमा ल्याइएको बताउँदै उक्त अभियानमा साथ दिने

    कर्मफलाईड् संस्थाका प्रबन्धक प्रेम कुवँर र ग्रामीण स्वास्थ्य सुधार परियोजनालाई धन्यबाद ज्ञापन गरे । 
    स्वास्थ्य इकाई सञ्चालन गर्न कर्मफलाईट्स संस्थाले कर्मचारी व्यवस्थापन तथा फेयरमेड फाउन्डेशनले स्वास्थ्य उपकरण उपलब्ध गराएको छ । कार्यक्रममा निसीखोला गाउँपालिका वडा न–२ का

    अध्यक्ष कुविर विश्वकर्माको अध्यक्षता, निसीखोला गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्य, कर्मफलाईट्स फाउन्डेशनका प्रवन्धक प्रेम कुवँर, निसीखोला गाउँपालिका स्वास्थ्य सम्योजक , फेयर मेड फाउन्डेशनका प्रतिनिधी, स्थानीयवासी लगाएतको सहकागिता रहेको थियो । 

    त्यसैगरी अर्नाकोट माध्यमिक विद्यालय देउरालीमा कम्प्युटर ल्यावको समेत उद्घाटन गरिएको छ । कर्मफलाईट्स फाउन्डेशनको सहयोगमा विद्यालयलाई २६ थान कम्प्युटर उपलब्ध गराएसँगै गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले उद्घाटन गरेका हुन् । 


    छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार