जुम्लाका रतननाथ एमाले केन्द्रीय सदस्यामा मनोनित

जुम्लाका रतननाथ एमाले केन्द्रीय सदस्यामा मनोनित

  • मंसिर २६, २०७८ आइतवार
  • १७:२७:३९ बजे
  • 2.5K
    SHARES
  • जुम्लाका रतननाथ एमाले केन्द्रीय सदस्यामा मनोनित

    जुम्ला : जुम्लाको तिला गाउँपालिका अध्यक्ष तथा एमालेका कर्णाली प्रदेश सदस्य रतननाथ योगी केन्द्रीय सदस्यमा मनोनीत भएकाछन्  । एमाले केन्द्रीय कमिटीको बैठकले जुम्लाबाट योगीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेकाे हाे।  एमालेले ४३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । पार्टीको विधान अनुसार  ५ प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था रहेको छ ।  

    चितवनमा भएको एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा योगीले उम्मेदवारी घोषण गरेका थियो ।  २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेले जुम्लाको  तिला गाउँपालिकाको अध्यक्ष मात्र जितेको थियो ।  यहाँका अरु सात स्थानीय तहमा एमालेका उम्मेदार पराजय भएका थिए । एमाललेबाट योगी मात्र तिला गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए । नेकपा एमाले जुम्लाका प्रभावशाली र युवा पुस्ताका उर्जावान नेताका रुपमा उनलाई हेरिन्छ   ।

    को हुन रतननाथ योगी
    जुम्ला बहुमुखी क्याम्पसको सचिव हुँदै सभापतिबाट राजनीतिकमा प्रवेश गरेका योगी सानोठिमी क्याम्पस स्ववियु सचिव र अनेरास्ववियु जिल्ला कमिटि अध्यक्ष भई काम गरिसेका छन् । रापसका केन्द्रीय सदस्य हुदै जुम्ला काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष, कर्णाली स्ववियु काउन्सिल केन्द्रीय कमिटि सदस्य, जिल्ला युवा समिति अध्यक्ष हुदै एमाले जिल्ला

    कमिटि पार्टी सचिव २०६४ सालदेखि २०७० सालसम्म पार्टी सचिवको भूमिकामा रहेर काम गरिसकेका छन् । हाल उनी गाउँपालिका राष्ट्रिय महासंघका केन्दिय सदस्य समेत हुन् ।


    विजय रावत

    उहाँ बागलुङ पाेस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार