शिक्षकलाई शिक्षामन्त्रीको निर्देशन : विद्यालय समयमा अतिरिक्त त्रियाकलापमा नलाग्नुस्

शिक्षकलाई शिक्षामन्त्रीको निर्देशन : विद्यालय समयमा अतिरिक्त त्रियाकलापमा नलाग्नुस्

  • पौष २०, २०७८ मंगलवार
  • २०:२४:४१ बजे
  • 3.1K
    SHARES
  • शिक्षकलाई शिक्षामन्त्रीको निर्देशन : विद्यालय समयमा अतिरिक्त त्रियाकलापमा नलाग्नुस्

    बागलुङ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालय समयमा अतिरिक्त क्रियाकलापमा नलाग्न निर्देशन दिएका छन् ।  बागलुङ नगरपालिका–१४ मा रहेको गणेश माध्यमिक विद्यालयको ४१ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै शिक्षकहरुको काम पढाउने भएकाले विद्यालय समयमा अन्य क्रियाकलापमा नलाग्न निर्देशन दिए । ‘शिक्षकको काम पढाउने हो, विद्यार्थीको काम पढ्ने हो,’ उनले भने, ‘अभिवाकको सहयोग, शिक्षकको लगनशीलता र विद्याथीहरुको सक्रियता भयो भने सार्वजनिक शिक्षा सुधार हुन्छ ।’

    उनले शिक्षा मन्त्रालयको कार्यभार सम्हालेपछि विद्यालयमा शिक्षकहरुको अभावको कुरालाई मध्यनजर गर्दै शिक्षा नियमावलीको ११ औं सशोधन मन्त्रिपरिषद्बाट स्वीकृत गराएर विज्ञापन खुलेको जानकारी दिए ।  विद्यार्थीलाई किताबी ज्ञानले मात्र नहुने भन्दै शिक्षकहरुलाई अहिलेको प्रविधिसँग अपडेट हुन आग्रह गरे । राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रमलाई थप व्यवस्थित गर्दै तीन वर्षभित्र देशभर विद्यालयका भवन बनाउने लक्ष्य मन्त्रालयको भएको बताउँदै प्राविधिक शिक्षामा मन्त्रालयको जोड रहेको पनि उल्लेख गरे । ‘आज नेपालको सार्वजनिक

    शिक्षा राम्रो छैन भन्ने कुरा बाहिर आएको छ,’उनले भन्नुभयो, ‘सार्वजनिक शिक्षा सुधार गर्न मन्त्रालय प्रतिबद्धछ ।’ ५ वर्षदेखि रोकिराखेको शिक्षकहरुको आन्तरिक बढुवाको कामको थलानी भएको बताउँदै ३ हजार ३ सयभन्दा बढि शिक्षकहरुको बढुवा हुने बताए ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार