तमानखोलामा नेपाली काँग्रेसमको सम्मान तथा बधाई कार्यक्रम 

तमानखोलामा नेपाली काँग्रेसमको सम्मान तथा बधाई कार्यक्रम 

  • पौष २१, २०७८ बुधवार
  • १९:२०:४६ बजे
  • 3.9K
    SHARES
  • तमानखोलामा नेपाली काँग्रेसमको सम्मान तथा बधाई कार्यक्रम 

    बुर्तिबाङ : नेपाली काँग्रेस तमानखोला गाउँपालिकाद्वारा १४ औँ महाधिवेशनमा निर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरेको छ । गत मंसिरमा सम्पन्न जिल्ला अधिवेशनमा निर्वाचित पार्टीका सभापती, उपसभापती लगायतलाई तमानखोला गाउँसमितिले सम्मान तथा बधाई ज्ञापन गरेको

    काँग्रेस तमानखोलाका सहसचिव प्रेमबहादुर पुनले बताए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनले कांग्रेस लोकतान्त्रिक पार्टी भएको र निर्वाचनमा पार्टीको आन्तरीक प्रतिस्पर्धा हुँदा पदीय जिम्मेवारीमा कसैले नेतृत्व पाएको र कसैले नपाए पनि अब नेपाली काँग्रेसमा आस्थावान नेता कार्यकर्ता एक ठाउँमा रहेको बताउँदै गुटउपगुटरहित काँग्रेस बनाउने अभियानमा आफुहरु जुटिरहेको बताए । 

    उनले आगामी स्थानीय ,प्रदेश र केन्द्रको निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई थप सशक्त बनाएर लैजान आफ्नो टिम लाग्ने बताए । बागलुङमा पार्टीको आफ्नै भवन निर्माण गरिने समेत जानकारी गराए । कार्यक्रममा महाधिवेशन प्रतिनिधि अर्जुन शेरचन, टेकराज पौडेल निसीखोला गाउँपालिका अध्यक्ष एवम जिल्ला उपसभापती तारानाथ पौडेल, जिल्ला उपसभापती सागर छन्त्यताल लगाएतले बोलेका थिए ।

    कार्यक्रम तमानखोला गाउँपालिका तरुणदल अध्यक्ष खिमबहादुर छन्त्यालको स्वागत र सचिव योगेन्द्र कुमार पुनको सञ्चालनमा सम्पन्न भएको थियो । 


    छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार