बुर्तिबाङ : जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ४ का एक व्यक्तिले छोराको जन्मदिनको अवसरमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । निसीखोला गाउँपालिका वडा नम्बर ४ थापागाउँ घर भई रोजगारीको सिलसिलामा दुवैमा कार्यरत भुपाल रेग्मीले छोरा दिपेन्द्र रेग्मीको जन्मदिनको
अवसरमा निसीखोला ३ बोहरागाउँमा रहेको प्रभा माध्यामिक विद्यालयमा अध्यानरत ४६ गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्वईटर र टोपी हस्तान्त्रण गरिएको हो । जन्मदिन मनाएर फजुल खर्च गर्नु भन्दा जाडोमा गरिब विद्यार्थीलाई समस्या हुने भन्दै जन्मदिनको खर्च कटाएर ५० हजार बराबरको समाग्री सहस्तान्तरण गरेको रेग्मीले बताए । स्थानीय पुजन कुवँर मार्फत कपडा वितरण गरिएको थियो । विद्यालय व्यावस्थापन
समितिका अध्यक्ष रमेशविक्रम शाही, शिक्षक अभिभावक संघका अध्यक्ष रामप्रसाद चालिसे, विद्यालयका प्रधानध्यापक नवराज आचार्य, डिलाराम सापकोटा र रेशम चन्दको उपस्थितिमा हस्तान्त्रण गरिएको हो ।