बागलुङमा खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धी गोष्ठी

बागलुङमा खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धी गोष्ठी

  • पौष २३, २०७८ शुक्रवार
  • २०:४७:३६ बजे
  • 3.0K
    SHARES
  • बागलुङमा खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धी गोष्ठी

    बागलुङ : खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजनामा खाद्य उद्योगी व्यवसायीहरुसँग खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा उद्योगी तथा व्यवसायीहरुहले पोके व्यापारीका कारण उपभोक्ताहरु ठगिएको भन्दै त्यस्ता व्यापारीलाई नियामक निकायले कारवाही गर्न नसकेको बताएका छन् । उनीहरुले त्यस्ता व्यापारीको

    कारण स्थानीय व्यवसायीहरु मर्कामा परेको बताए । उनीहरुलाई सम्बन्धित निकायले करको दायरामा ल्याउन नसकेको समेत गुनासो गरे । ‘बजारमा छ्यापछ्प्ती पोके व्यापारीहरु भेटिन्छन्, उनीहरुले उपभोक्ताहरुलाई कति गुणस्तरीय सामान बेचेका छन् ?, कति ठगेका छन् ?, तिनीहरुलाई कारवाही गर्ने कसले ?, तिनीहरु करको दायरामा आउनु पर्दैन,’ व्यवसायीहरुले भने ‘तिनीहरुका कारण हामीले राम्रो र गुणस्तरी सामान बच्दा पनि प्रश्न उठ्ने गरेको छ, सम्बन्धित निकायले जसले सरकारलाई राजश्व बुझाएको, गुणस्तरी सामान बच्छ,

    उसैलाई मात्र निगरानी गरि रहेको हुन्छ ।’ कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख सौरभ श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले व्यवसायीहरुले खाद्य सम्बन्धी ऐन कानुन जान्न र बुझ्न जरुरी रहेको बताए । उनले हरेक व्यापारीले नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पुग्ने वस्तुहरु उत्पादन र विक्री गर्न नहुने समेत बताए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेल, उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठ, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी लगायतले बोलेका थिए । कार्यक्रम खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख सौरभ श्रेष्ठको अध्यक्षा, प्राबिधिक सहायक सहन्साकुमार मेहताको स्वागत र पत्रकार रविना बोहोराको संचालनमा सम्पन्न भएको थियो ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार