एमाले जुम्लाको अध्यक्षमा महत चयन

एमाले जुम्लाको अध्यक्षमा महत चयन

  • पौष २५, २०७८ आइतवार
  • १८:५६:३५ बजे
  • 1.9K
    SHARES
  • एमाले जुम्लाको अध्यक्षमा महत चयन

    जुम्ला : नेकपा एमाले जुम्लाको ८ औँ जिल्ला अधिवेशनबाट शान्तिलाल महत सर्वसम्मत जिल्ला अध्यक्षमा चयन भएका छन् । एमाले जुम्लाले जिल्ला नेतृत्व सर्वसम्मत चयन गरेको अनेरास्ववियु केन्द्रीय स्थायी कमिटी सदस्य धिरज जैसीले बताए । उनका अनुसार एमालेका नेता महतको

    नेतृत्वमा उपाध्यक्ष सुरत शाही, सचिवमा धनकृष्ण पाण्डे र दुई उपसचिवमा प्रेम बुढा र मान बहादुर रोकाया सर्वसम्मत चयन भएको अनेरास्ववियु केन्द्रीय स्थायी कमिटी सदस्य जैसीले बताए । निर्वाचनबाट जिल्ला पदाधिकारी चयन गर्ने अवस्थामा पुगेको एमाले अन्तिम समयमा सबै पदाधिकारी सर्वसम्मतबाट

    चयन भएको एमाले जुम्ला जिल्ला ईन्चार्ज रतननाथ योगीले बताए । ९० सदस्यीय जिल्ला कमिटी गठन हुने नेकपा एमाले जुम्लाले जनाएको छ । 


    विजय रावत

    उहाँ बागलुङ पाेस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार