राजनीति

नेकपा एमाले बागलुङकाे अध्यक्षमा केसी निर्वाचित

नेकपा एमाले बागलुङकाे अध्यक्षमा केसी निर्वाचित

  • पौष २६, २०७८ सोमवार
  • ०८:०९:५२ बजे
  • 3.4K
    SHARES
  • नेकपा एमाले बागलुङकाे अध्यक्षमा केसी निर्वाचित

    बागलुङ : नेकपा एमाले बागलुङको नवौँ जिल्ला अधिवेशनबाट हिरा बहादुर केसी अध्यक्षमा निर्वाचित भएका छन् । केसीले ३२९ मत ल्याएर निर्वाचित हुनुभएको एमाले बागलुङका निर्वाचन अधिकृत राम शर्माले जानकारी दिए । एमाले अध्यक्षमा तीन जनाको प्रतिस्प्रधा रहेको थियो । एमाले अध्यक्षका अर्का प्रत्यासी कृष्ण

    पाठकले २२८ मत र मेहर सिंह पाइजाले ३४ मत प्राप्त गरेका छन्। ६३६ मतदातामा आइतबार भएको मतदानमा ६०२ मत मात्रै खसेको थियो । निर्वाचनमा ११ मत बदर भएको थियो । एमालेको अध्यक्ष, उपसचिव र खुल्ला पुरुष सदस्य गरी जम्मा ३० पदमा मात्रै निर्वाचन भएको थियो । एमालेको उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुषाल सर्वसम्मत चयन भइसकेका छन् । यस्तै नेकपा एमालेको उपसचिवमा गणेश थापा र डम्मर बहादुर श्रीस

    विजयी भएका छन् । निर्वाचनमा थापाले २९९ र श्रीसले २२८ मत प्राप्त गरेको निर्वाचन अधिकृत शर्माले जानकारी दिए । दुई उपसचिव पदमा ६ जनाको प्रतिस्प्रधा रहेको थियो । उपसचिवमा प्रतिस्प्रधा गर्ने प्रेम लामिछानेले १०७, नेत्र विष्ट ११३, चित्राकला श्रीसले १५९ र राम बहादुर जिसीले १६४ मत प्राप्त गरेका छन्।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार