बुर्तिबाङ : निसीखोला गाउँपालिका वडा नम्बर ३ मा रहेको प्रभा माध्यमिक विद्यालयमा गोर्खा वेलफेयर ट्रष्टको सहयोगमा बनेको नव निर्मित भवनको उद्घाटन गरिएको छ । २०७६ सालमा सम्झौता भई निर्माण सम्पन्न भएको उक्त विद्यालयको उद्घाटन गरिएको हो । करिब दुई करोड लागतमा विद्यालयको पक्कि भवन निर्माण भएको छ । कक्षा १ देखि ५ सम्म कक्षाकोठा व्यवस्थापन तथा लाइवे्ररी सञ्चालनका निम्ति गोर्खा ट्रष्ट अन्र्तगत
युकेका नागरिक MR ROB Abernethy ले विद्यालयको भवन निर्माणका लागि आर्थिक सहयोग गरेका थिए । कार्यक्रममा बोल्दै MR ROB Abernethy ले प्रभा माध्यमिक विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आफुले निरन्तर सहयोग गर्दै जाने बताए । भौतिक क्षेत्रमा कमजोर रहेको प्रभा माध्यमिक विद्यालय पछिल्लो समय सुविधा सम्पन्न बनेको छ । अझै पनि शैक्षिक र भौतिक क्षेत्रको विकासमा अगाडी बढिरहने विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश विक्रम शाहीको भनाई छ । हाल व्रिटीसमा कार्यरत समाजसेवी जित बहादुर हमालको पहलमा विद्यालयलाई थप भौतिक तथा शैक्षिक व्यवस्थापन गर्न सकिएको बताउँदै
गोर्खा वलफेयर ट्रष्टले समेत उत्तिकै सहयोग गरेको बताए । विद्यालयको भौतिक सुधार भएको भन्दै अब शैक्षिक सुधारमा चुनौती रहेको र त्यसलाई पहिलो प्राथमिता दिँदै आफुहरुले २०८० सालसम्म क्याम्पस तहसम्मको पठनपाठन हुने गरी तयारीमा जुटिरहेको विद्यालयको प्रअ नवराज आर्चायले बताए । हाल कक्षा १ देखि १२ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमामा क्याम्पस सञ्चालन गर्नका लागि आर्थिक सकलन अभियान समेत सुरु गरिएको छ । अहिलेलाई भवन निर्माणका लिागि जग्गा अभाव रहेका कारण जग्गा खरिद
प्रक्रियामा रहेको उनको भनाई छ । हालसम्म २१ लाख संकलन भइसकेको र आगामी फागुन महिनासम्म जग्गा व्यवस्थापन गरेर वि.सं. २०८० सम्म क्याम्पस तहको पठनपाठन सुरु गर्ने गरी विद्यालय अगाडी बढिसकेको आर्चायले बताए । विद्यालयलाई निसीखोला गाउँपालिकाले समेत उत्तिकै सहयोग गरेको छ । पालिकाकाको तर्फदेखि ५ कोठे पक्की भवन निर्माण भएको छ । अहिले विद्यालयका सबै विद्यार्थी पक्की भवन र व्यवस्थित कक्षाकोठामा रहेर अध्ययन गर्दे आइरहेका छन् । विद्यालयको भौतिक र शैक्षिक क्षेत्रको सुधार
हुँदै जान थालेपछि दुई वर्षमा निजी विद्यालयबाट १७५ बढि विद्यार्थी प्रभा माध्यमिक विद्यालयमा भर्ना भएको विद्यालयले जनाएको छ । निजी विद्यालयबाट सामुदायिक विद्यालय तर्फ विद्यार्थीलाई आकर्षित गर्ने र सोहि अनुसारको शैक्षिक गतिविधी अगाडी बढाउने गरी विद्यालय व्यवस्थापन समिति र शिक्षक अगाडी बढीरहेको प्रअ आर्चाले बताए । कार्यक्रममा गण्डकी प्रदेश मामिला सभापती खिमविक्रम शाही, निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, गोर्खा वलफेयर ट्रस्टका पदाधिकारी, जनप्रतिनिधी, लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश विक्रम शाहीको अध्यक्षता, विद्यालयका प्रअ नवराज आर्चायको स्वागत, शिक्षक इश्वरी अर्याल, भुमीराज आर्चायको सञ्चालनमा सम्पन्न भएको थियो ।