बरेङ : बागलुङको जैमिनि नगरपालिका वडा नम्बर १० राङ्गखानी स्थित बाख्रा फर्ममा आगलागी हुदाँ १८ भेडाबाख्रा नष्ट भएका छन् । आईतबार साझ राङखानीको माझगाँउ ठुलो ढुङगामा रहेको राङ्गखानी कृषि तथा पशुपक्षीं फर्ममा विद्युत सर्ट भएर आगलागी हुदाँ १८ भेँडा जलेर नष्ट भएको फर्म सञ्चालक
जमुना थापा श्रीसले बताइन् । आगलागीमा परेर माउ भेडा ३, माउ बाख्रा १०, बोका तथा पाठापाठी ५ गरेर कुल १८ भेडा बाख्रा तथा फर्म पुर्ण रुपमा नष्ट भएको श्रीसको भनाई छ । आगलागीबाट४ लाख बराबरको क्षति भएको बताइएको छ । श्रीसले करिब ३ वर्ष देखि बाख्रापालन व्यवसाय गर्दै आएकी थिइन् ।
बरेङका एक शिक्षकमा कोरोना संक्रमण
बरेङ गााउपालिका वडा नम्बर ५ का एक शिक्षकमा कोरोनाको संक्रमण पुष्टि भएको छ । सोमबार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि २ जनाको एन्टिजेन परीक्षण गर्दा ५९ वर्षीय पुरुष शिक्षकमा संक्रमण पुष्टि भएको बरेङ गाँउपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
संक्रमित पुरुष होम आईसोलेसनमा रहेका छन् । सुखौरामा अहिले संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका नागरिकहरुको निगरानी सुरु गरिएको स्वास्थ्य साखा प्रमुख पदम बहादुर पुनले जानकारी दिए । संक्रमणको जोखिम बढेपछि सुरक्षा र तयारी बारे मंगलबार स्थानीय तह कोरोना संक्रमण व्यवस्थापन समिति बरेङको आपतकालिन बैठक बस्ने स्वास्थ्य जनाएको छ ।