सकियो निसीखोला गाउँपालिकाको ९ औँ गाउँ सभा

सकियो निसीखोला गाउँपालिकाको ९ औँ गाउँ सभा

  • पौष २९, २०७८ बिहिवार
  • २१:०५:०२ बजे
  • 4.2K
    SHARES
  • सकियो निसीखोला गाउँपालिकाको ९ औँ गाउँ सभा

    बुर्तिबाङ : निसीखोला गाउँपालिकाको नवौँ गाउँसभा बिहिबार सम्पन्न भएको छ । सभाले ४८ करोड ८८ लाख  ११ हजारको संशोधित बजेट पास गगर्दै सभा सम्पन्न गरेको छ । सभाबाट विभिन्न संशोधित योजना, बजेट तथा कार्यक्रम, कर्मचारी समायोजन सम्बन्धी ऐन सभाबाट पारित गरेको छ ।

    गाउँपालिकाले पाँचवर्षसम्म गरेका कामको समिक्षा, यस आर्थिक वर्षमा गनु पर्ने महत्वपूर्ण विकास निर्माण तथा योजना लगाएतका विषयमा समेत समिक्षा गरिएको थियो । हिँउदे अधिवेशन मार्फत सञ्चित कोषबाट विभिन्न विकासे योजनलाई अगाडी बढाउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए । 

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शोभाकुमारी कार्कीले कार्यपत्र पेस गरेकी थिइन् कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाही लगायतको सभागिता रहेको थियो । कार्यक्रम गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यको स्वागत र नासु पुरुषोत्तम गौतमको सञ्चालमा सम्पन्न भएको थियो । 


    छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार