बेहुला चढ्न बनाइएको रथले किचेर दुई जनाको मृत्यु, १६ घाइते

बेहुला चढ्न बनाइएको रथले किचेर दुई जनाको मृत्यु, १६ घाइते

  • माघ ११, २०७८ मंगलवार
  • ०७:४८:१५ बजे
  • 2.2K
    SHARES
  • बेहुला चढ्न बनाइएको रथले किचेर दुई जनाको मृत्यु, १६ घाइते

    काठमाडौं : बारामा बेहुला चढ्नका लागि प्रयोग गरिएको रथले किचेर दुई जनाको मृत्यु भएको छ । बाराको आदर्शकोतवाल गाउँपालिका–३ मा सोमबार राति रथले किचेर अन्य १६ जना घाइते भएका छन् । प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार मृत्यु हुनेमा सिम्रौनागढ

    नगरपालिका– ७ की २३ वर्षीया शैलकुमारी राम र आदर्शकोतवाल–७ की १६ वर्षीया निलम कुमारी राम रहेका छन् । दुवैजनाको कलैया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । थापाका अनुसार बेहुला लिएर नस्किन लागेको रथ अनियन्त्रित भएर दुर्घटना भएको हो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइराखेको छ ।

    प्रहरी नायब उपरीक्षक थापाका आदर्शकोतवालका सियाराम महराको घरबाट बेहुला निकाल्ने तयारी हुँदै गर्दा रथ दुर्घटना भएको हो । बेहुला भने रथमा चढ्न बाँकी नै थियो ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार