काठामाडाैँ : नेपालमा हालसम्म एक लाख ६८ हजारभन्दा बढीले कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाएका छन् । हालसम्म एक लाख ६८ हजार नाै सय ६९ जनाले बुस्टर डोज लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दुवै डोज लगाएको ६ महिना
पुगेका अग्रपङ्क्तिमा खटिने र अत्यावश्यकीय क्षेत्रमा कार्यरतलाई बुस्टर डोज लगाइएको हो । नेपालमा एक करोड ६२ लाख ८९ हजार ४२५ जनाले पहिलो डोज लगाएका छन् भने एक करोड २९ लाख ६६ हजार ३६२ जनाले पूर्णमात्रा अर्थात् दुई डोज लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।