जनसंख्या वृद्धि

नेपालको जनसंख्या २ करोड ९१ लाख

नेपालको जनसंख्या २ करोड ९१ लाख

  • माघ १२, २०७८ बुधवार
  • १०:५५:५२ बजे
  • 2.3K
    SHARES
  • नेपालको जनसंख्या २ करोड ९१ लाख

    काठमाडौं : नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ ।

    अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । विभागका अनुसार यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो ।

    जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार