बस दुर्घटना : ८ जना घाइते

बस दुर्घटना : ८ जना घाइते

  • माघ १३, २०७८ बिहिवार
  • ०८:२९:१२ बजे
  • 2.5K
    SHARES
  • बस दुर्घटना : ८ जना घाइते

    बैतडी : बैतडीको पाटन पन्चेस्वर सडकखण्डमा भएको बस दुर्घटनामा परी ८ जना घाइते भएका छन् ।  महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको ना ७ ख २५७० न को पवनदुत यतायातको बस मेलौली नगरपालिका २ रौतगाउ भन्ने स्थानमा आज बिहान करिब ५ बजेको समयमा दुर्घटना भएको हो ।

    दुर्घटनामा परी ८ जना घाइते भएका छन् ।  घाइते हुनेमा मेलौली ६ कमा ४८ वर्षीय कमलापती भट्ट, मेलौली ९ का २४ वर्षीय दुर्गादत्त भट्ट, कञ्चनपुरको दैजी बस्ने २१ वर्षीया पुजा भट्ट, ६८ वर्षीय राम सिह सावद, बाराका सिराद अन्सारी, मेलौली २ का २१ वर्षीय मनिस चन्द, शिवनाथ गाउँपालिका ५ बस्ने २१ वर्षीया शुसिला चन्द, शिवनाथ ६ का २९ वर्षीय जनक आउजी घाइते भएका छन् । घाइते सबैलाई डडेल्धुरा अस्पताल पठाइएको छ ।

    कञ्चनपुरको सुक्लाफाटा १ का चालक बिरेन्द्र लुहार प्रहरी नियन्त्रणमा छन् । बसमा ३२ जना सवार रहेका थिए । बस सडकबाट अन्ताजी २० मिटर तल खसेको छ ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार