बागलुङ : बागलुङको गलकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ताराखोला गाँउपालिका वडा नम्बर ४ घर भइ हाल गलकोट नगरपालिका वडा नम्बर ५ हरिचौरमा बस्दै आएका २७ वर्षीय डम्मर थापाको
मृत्यु भएको हो । जिल्लाको गलकोट नगरपालिका वडा नम्बर ६ ठुलाथरमा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरी चौकी गलकोटका प्रमुख अर्जुन बम मल्लले जानकारी दिए। हरिचौरमा रहेको सब स्टेशनको लाइन मर्मत गर्ने क्रममा करेन्ट लाग्दा थापाको
घटना स्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ । थापा हरिचौर सब स्टेशनमा कर्मचारीको रुपमा समेत काम गर्दै आउनुभएको प्रहरीले जनाएको छ ।