राजनीति

वडाको टोल भेला भनेर पार्टी प्रवेश

वडाको टोल भेला भनेर पार्टी प्रवेश

  • माघ १७, २०७८ सोमवार
  • १९:५९:१३ बजे
  • 13.0K
    SHARES
  • वडाको टोल भेला भनेर पार्टी प्रवेश

    बागलुङ : काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराको डुडियाँमा वडामा योजना माग गर्न भनि बोलाईएको टोल भेलालाई एमाले प्रवेशको हल्ला फिजाईएको भन्दै स्थानीय तुलसीराम कँडेलले आपत्ती जनाएका छन् । कँडेलले एक विज्ञप्ती जारी गरी गत माघ १३ गते काठेखोला

    वडा नम्बर २ का वडाध्यक्ष विद्यापति शर्मा, नेकपा एमाले भिमापोखरा अध्यक्ष नारायणदत्त रेग्मी र सचिव ऋषिराम शर्माले टोली भेला राखी योजना माग गर्न भनि आफु लगायत छिमेकीहरुको फोटो खिच्ने र अबिर लगाउने काम गरेको र तथा त्यस भेलाबाट टनेल, सिंचाई कुलो र पुलको आफुहरुले माग गरेका विषयलाई

    एमाले प्रवेश गरेको भनि प्रचार गरिएको भन्दै उनी एमाले प्रवेश नगरेको बताएका छन् । उनले वडामा योजना माग गर्न भनि गरिएको कार्यक्रमलाई पार्टी प्रवेश भनेर हल्ला फिजाईएकोप्रति असहमति राख्दै आफु कुनै पनि पार्टीमा प्रवेश नगरी नेपाली काँग्रेसमै रहेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार