तमानखोलाको ११ औँ गाउँसभा, नौ ९ विधेयक पारित 

तमानखोलाको ११ औँ गाउँसभा, नौ ९ विधेयक पारित 

  • माघ १८, २०७८ मंगलवार
  • २०:०७:५५ बजे
  • 3.5K
    SHARES
  • तमानखोलाको ११ औँ गाउँसभा, नौ ९ विधेयक पारित 

    बुर्तिबाङ : तमानखोला गाउँपालिकाको ११ औँ गाउँसभा मंगलबार सम्पन्न भएको छ । सभाले विभिन्न ९ विधेयकसभाले सर्वसम्मत रुपमा पारित गरेको छ । सभाले कृषि तथा पशुपंंक्षी सम्बन्धी विधेयक, तमानखोला वन व्यवस्थापन, भूमि, तानखोला गाउँपालिका खानेपानी सरसफाई तथा स्वच्छता, तमानखोला गाउँपालिका

    भवन निर्माण सम्वन्धी मापदण्ड, सार्वजनिक लेखा सम्बन्धी गठन तथा परिचालन सम्बन्धी कार्यविधी र बजेट तथा कार्यक्रम संशोधनका सन्दर्भमा छलफल गरी ९ वटा विधयेक माथि छलफल गरि गाउँ सभाले पारित गरेको हो । त्यसैगरी सभा मार्फत तमानखोला गाउँपालिका आर्थिक वर्ष २०७८/०७९ को बजेट अन्र्तगत विभिन्न विकास निर्माणका योजनालाई समेत संसोध गर्दे केही योजना थप तथा कतिपय

    योजनामा बजेट थप गरी सम्पन्न गर्ने लक्ष्यका  साथ छलफल सहित योजनाको बजेट समेत पारित गरेको छ । गाउँपालिका उपाध्यक्ष मानशरी शेरचनको स्वागत रहेको कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत विकास लम्सालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । 

     


    छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार